Techie IT
बिहीबार, साउन १०,२०८१

गोरखामा मदिरा विक्री वितरण र सेवन गर्न निषेध


गोरखा । गोरखामा मदिरा विक्री वितरण र सेवन गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै निर्वाचन आचार संहितालाई कडाइका साथ पालना गर्न मदिरा विक्री वितरण र सेवन गर्न निषेध गरिएको जनाएको छ ।

मतदानको १५ दिन अगाडिको प्रचारप्रसार अवधिमा मदिरा विक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचनामा उल्लेख छ । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आचार संहितालाई कडाइका साथ पालना गर्न उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गोरखामा मदिरा विक्री वितरण र सेवन गर्न निषेध


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Light Rain
5:23 am6:57 pm +0545