प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ ।
स्वास्थ्यमा थप समस्या आएपछि उनलाई हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा राखेर उपचार गरिदैछ । पछिल्लो पटक उनलाई गत शनिबार अस्पताल भर्ना गरिएको हो ।
स्वास्थ्यमा धेरै नै खराबी देखिएपछि उनलाई अहिले अस्पतालले एनआईभी भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जनाएको छ ।
सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी–पीएसपी’ बाट पीडित छिन् । यो पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने प्रकृतिको रोग हो ।
सोही समस्याका कारण अस्पताल भर्ना भएकी दाहाललाई १६ दिनपछि गत सोमबारमात्र अस्पतालबाट घर लगिएको थियो । उतारचढाव ढंगबाट पुनः सोही समस्या बल्झिएपछि उनी गम्भीर बनेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था गम्भीर, #सीता दाहाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्