Techie IT
बुधबार, असार २५,२०८२

जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता हेम बहादुर ढुंगेल (आक्रोश) ले आजबाट घरदैलो सुरु


काठमाडौ ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौ क्षेत्र नं ७ प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवार उठेका जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता हेम बहादुर ढुंगेल (आक्रोश) ले आजबाट घरदैलो अभियानको औपचारिक शुरूवात गरेका छन।

चुनावी घरदैलो अभियानकै क्रममा मतदातासँग भेटघाट गर्दै तारकेश्वर नगरपालिकाको वडा नम्बर ४ स्थित पुरानो गुह्येश्वरी मन्दिर परिसरबाट चुनावी प्रचारप्रसारको शुुभारम्भ गर्नुभएको हो।

कात्तिक १७ भन्दा अगाडि आम मतदातासँग सामान्य भेटघाट मात्रै गर्दै आएको बताउँदै नेता आक्रोशले भन्नुुभयो,‘कात्तिक १७ पछि निर्वाचन आचारसंहिताको पूर्ण पालनासहित हाम्रो चुनावी अभियानले तीव्रता पाउने छ।’

घरदैलोकै क्रममा बालाजु,रानीवन,माछापोखरी, वनस्थली , खरीबोटका मतदातासँगको भेटघाटका क्रममा ढुंगेलले मतदाताको समस्या सुन्ने र आफ्नो चुनावी योजना सुनाउने गरिरहनुुभएको छ। उनले आफूले बोल्नको निम्ति नभई ,जनताको कुरा सुन्न घरदैलो कार्यक्रम गरेको बताएका छन् ।

मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै ढुंगेलले सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, क्षेत्रभरी शुद्ध खानेपानी पु¥याउने,सबै बासीलाई गुणस्तर एवम् सीपमुलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचार रहित समाज निर्माण गर्नेलगायतका प्रतिवद्धता लिएर उहाँ जनताको घरदैलोमा पुग्नुभएको हो ।

उहाँले उद्यमशीलता र रोजगारी प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने, ७ नम्बर क्षेत्रभर फोर जी सहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युतको आपूर्ती व्यवस्था मिलाउने क्षेत्रमा रहेको १० वटै वडामा विकासमा सुरु भएका महत्त्वपूर्ण योजनाहरू अझै पनि केही अपूरा रहेकाले त्यी योजनालाई पूर्णता दिन ,युवाहरुलाई राजनीतिमा आकर्षण गर्नको लागि दण्डहीनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय र अत्याचारको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताएका छन। ढुंगेल “छत्रेटोपी” चुनाव चिन्ह लिएर मैदानमा उभिएका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #हेम बहादुर ढुंगेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:13 am7:04 pm +0545