Techie IT
शनिबार, असार ३०,२०८१

गठबन्धन को घर दैलो ले काठमाडौ ८ का मतदाता उत्साहित


संघ र प्रदेशको निर्वाचन नजिकिए सँगै देश भर निर्वाचनको माहोल ताती रहेको छ । आज बाट देश भरी घर दैलो कार्यक्रम गर्न निर्वाचन आयोगले अनुभूती दिए संगै काठमाण्डौँ जिल्ला क्षेत्र नं. ८ का उमेरदवारहरु पनि चुनावी घर दैलो कार्यक्रमना सहभागी भएका छन् । संघ तर्फ एकिकृत समाजवादीका नेता वर्तमान पर्यटन मन्त्री जिवनराम श्रेष्ठ, गठबन्धनको साझा उमेरदवार रहेको छन् भने प्रदेश तर्फ नेपाली काङ्ग्रेस बाट युवा अधिवक्ता, बौदिक व्यक्तित्व अमिन पाण्डे रहेका छन्।

गठबन्धनका उमेरदवार घरदैलो कार्यक्रममा गए संगै स्थानीय जनताहरुले फुलमाला लिई स्वागत साथै उत्साहित पनि भएका छन्। घर दैलो कार्यक्रममा जनता सामु घुलमिल हुँदा स्थानिय र नागरिकहरुको समस्याहरुलाई उमेद्‌वारहरुले नजिकै बाट नियाल्ने मौका र नेता र जनता बीच सम्बन्ध प्रगाढ बन्ने अवसर मिलेको छ । साथै जनगुनासोको सवालमा अघिल्लो के पि वलिको सरकारले २/२ पटक संसद विघटन, संविधान माथी पटक पटक प्रहार गरेको विषयलाई गम्भिरता पूर्वक लिई अब आउने सरकारले यस्ता किसीमको कु नगर्नु भनि शुभकामना पनि दिएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
5:16 am7:02 pm +0545