मालपोत , यातायात कार्यालयमा अख्तियारका कर्मचारी परिचालन गर्नेक्रम शुरु
सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकैरुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेको छ ।
आयोगले आयोजना गरेको तीन दिने पत्रकारिता तालीमको आज समापन गर्दै प्रमुख आयुक्त नविनकुमार घिमिरेले भन्नुभयो, “हरेक दुई दिनमा सेवाग्राहीकैरुपमा आयोगका कर्मचारी सेवाग्राही बढी हुने सरकारी कार्यालयमा परिचालित भएका छन् ।”
विशेष गरी यातायात व्यवस्था विभाग, नापी, मालपोत कार्यालय, नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, विभिन्न सरकारी अस्पतालमा आयोगका अनुसन्धान अधिकृतलगायतका कर्मचारी परिचालित भएका छन् । सेवाग्राहीको चाप बढिरहेका कार्यालयमा विचौलिया र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार र अनियमितता हुने गरेको भन्ने जानकारी अत्यधिकमात्रामा आएपछि आयोगले सेवा सुधार गर्दै कर्मचारीलाई सदाचारी बनाउन त्यसरी कर्मचारी परिचालन गरेको हो ।
आयोगका कर्मचारी सेवाग्राहीका रुपमा त्यस्ता कार्यालयमा जाने र भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने तथा घुस लिन खोज्नेलाई ठाउँको ठाउँ पक्राउ गर्ने अधिकारसमेत दिइएको छ । प्रमुख आयुक्त घिमिरेले आयोगका प्रदेश कार्यालयमा नागरिक निगरानी समूह गठनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
उहाँले भ्रष्टाचार र अनियमिता नियन्त्रणका लागि नागरिकस्तरबाटै सचेतना जरुरी रहेकामा जोड दिनुभयो । नागरिक, सञ्चारकर्मी, आयोगको संयुक्त प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिने भन्दै प्रमुख आयुक्त घिमिरेले सञ्चारकर्मीबाट थप सक्रिय भूमिकाको अपेक्षा राखेको बताउनुभयो । आयोगले सञ्चारमाध्यमबाट पनि भ्रष्टाचारका विषयलाई समेत सूचनाको स्रोतका रुपमा प्रयोग गर्ने गरेको जानकारी दिँदै प्रमुख आयुक्त घिमिरेले नागरिकको चाहनाअनुसार भ्रष्टाचार नियन्त्रणमा लागिपर्ने विश्वाससमेत दिलाउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #अख्तियारका कर्मचारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्