मालपोत , यातायात कार्यालयमा अख्तियारका कर्मचारी परिचालन गर्नेक्रम शुरु

सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीकैरुपमा आफ्ना अनुसन्धान अधिकृत परिचालन गर्नेक्रम शुरु गरेको छ ।
आयोगले आयोजना गरेको तीन दिने पत्रकारिता तालीमको आज समापन गर्दै प्रमुख आयुक्त नविनकुमार घिमिरेले भन्नुभयो, “हरेक दुई दिनमा सेवाग्राहीकैरुपमा आयोगका कर्मचारी सेवाग्राही बढी हुने सरकारी कार्यालयमा परिचालित भएका छन् ।”
विशेष गरी यातायात व्यवस्था विभाग, नापी, मालपोत कार्यालय, नेपाल विद्युत् प्राधिकरण, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, विभिन्न सरकारी अस्पतालमा आयोगका अनुसन्धान अधिकृतलगायतका कर्मचारी परिचालित भएका छन् । सेवाग्राहीको चाप बढिरहेका कार्यालयमा विचौलिया र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार र अनियमितता हुने गरेको भन्ने जानकारी अत्यधिकमात्रामा आएपछि आयोगले सेवा सुधार गर्दै कर्मचारीलाई सदाचारी बनाउन त्यसरी कर्मचारी परिचालन गरेको हो ।
आयोगका कर्मचारी सेवाग्राहीका रुपमा त्यस्ता कार्यालयमा जाने र भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्ने तथा घुस लिन खोज्नेलाई ठाउँको ठाउँ पक्राउ गर्ने अधिकारसमेत दिइएको छ । प्रमुख आयुक्त घिमिरेले आयोगका प्रदेश कार्यालयमा नागरिक निगरानी समूह गठनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।
उहाँले भ्रष्टाचार र अनियमिता नियन्त्रणका लागि नागरिकस्तरबाटै सचेतना जरुरी रहेकामा जोड दिनुभयो । नागरिक, सञ्चारकर्मी, आयोगको संयुक्त प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिने भन्दै प्रमुख आयुक्त घिमिरेले सञ्चारकर्मीबाट थप सक्रिय भूमिकाको अपेक्षा राखेको बताउनुभयो । आयोगले सञ्चारमाध्यमबाट पनि भ्रष्टाचारका विषयलाई समेत सूचनाको स्रोतका रुपमा प्रयोग गर्ने गरेको जानकारी दिँदै प्रमुख आयुक्त घिमिरेले नागरिकको चाहनाअनुसार भ्रष्टाचार नियन्त्रणमा लागिपर्ने विश्वाससमेत दिलाउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #अख्तियारका कर्मचारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्