कालिकोटमा विष्फोटक पदार्थ पड्किदा ४ वर्षीया बालिकाको मृत्यु, चार जना गम्भीर घाइते

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका १० रानावाडामा विष्फोटक पदार्थ पड्किदा बालिकाको मृत्यु भएको छ । विष्फोटक पदार्थ पड्किए घाइते भएको ४ वर्षीया बालिकाको मृत्यु भएको हो ।
भने चार जना गम्भीर घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिलागुफा( १० कि ४ वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।
घटनामा सोही ठाउकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले विष्फोटक वस्तु पड्किदा गम्भीर घाइते भएकाहरू बच्चाबच्चीको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर अवतरण गरिसकेको कालिकोटका प्रजिअ शर्माले जानकारी दिए । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसुर बाकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कालिकोटमा विष्फोटक पदार्थ पड्किदा ४ वर्षीया बालिकाको मृत्यु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्