मत दिएर प्रदेश सभामा पठाउनुस् , सुशासन र विकास लिएर फर्कने जिम्मा मेरो : कांग्रेस नेता तिमल्सिना

प्रदेश र संघको निर्वाचन नजिकिएसँगै यति बेला उम्मेदवारहरु शुभकामना र घरदैलोमा व्यस्तछन् । चाडपर्व पनि चुनावकै लागि खर्च गरेका नेताहरुका लागि जनता घर आँगनमै भेटिने भएकाले नेपाली कांग्रेसका नेता विष्णुभक्त तिमल्सिना यति बेला मतदातासँग मत माग्न व्यस्तछन् ।
सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरु यति बेला चुनाबी सरगर्मीले बढ्दो छ । मतदाता सँगको भेटघाटलाई दैनिकी बनाएका नेपाली कांग्रेस बाग्मती प्रदेश काठमाडौं क्षेत्र नं ६(ख) का उम्मेदवार तिमल्सिना आफ्नो नारा (शालिन तर शसक्त प्रदेशमा प्रखर विष्णुभक्त) भन्ने नारा बोकेर चुनावमा होमिएका छन् ।
घट्दो संघियताप्रतिको आकर्षण बढाउनुनै आफ्नो चुनौतीको रुपमा लिएका तिमल्सिनाले आफु प्रदेश सभामा पुगेपछि संघियताको मर्म सदनकै आवाजबाट मुखरित गर्ने बताउदै आएकाछन् । हरेक कार्यक्रममा आज बोली तिमल्सिनाले मतदातालाई भन्ने गर्छन् ।
मत दिएर पठाउनुस् हिजो पराजित हुँदा पनि तपाईहरुको सुख दुखमा साथ छोडिन जिते र गएभने झन मलाई तपाईहरु भन्दा टाढा हुने छुट छैन । उनि थप्छन् जनता जनार्दन सम्झिएर कोरोनाको महामारी देखि हरेक समस्यामा साथ दिएकै व्यक्ति हुँ यति बेला मलाई तपाईहरुको साथको खाँचो छ ।
मलाई मत दिएर प्रदेश सभामा पठाउनुस् । सुशासन र विकासको लहर लिएर म तपाईहरु माझ फर्कन्छु र तपाईहरुकै समस्या मेरो माध्यमबाट प्रदेशमा गुन्जिने छ । स्थानीय सरकार र संघको तालमेलमा म झनै शसक्त हुन सक्छु ।
तपाईहरुको समस्यानै मेरो दैनिकी बन्दै आएको दशौ वर्ष भयो अब, तपाईकै मतबाट समाधान हुन नसकेका समस्या र विकासका योजनाहरु पनि पुरा गर्छु ।
मलाई विश्वास गर्नुस् । म सपना हैन, योजना बनाएर तपाईहरु माझ आएको छु । यो पटक मलाई मत दिएर मेरा योजना अनुमोदन गर्न अनुरोध गर्दै चोक चोकमा तिमल्सिना पुग्न थालेकाछन् । गएको निर्वाचनमा हार खेपेका तिमल्सिना यो पटक भने मतदाता रिझा उन तल्लिन भएर लागेकाछन्।
यति बेला तिहार र नेपाल संम्वत् का शुभकामना आदान प्रदानमा उनले यस्तै भनाई राख्दै आएकाछन् ।
विष्णुभक्त तिमल्सिनासँगै यति बेला एमालेका अमन मास्के,केही साना दलका उम्मेदवार र केही स्वतन्त्र उमेदवार चुनाबी प्रतिस्पर्धामा छन् ।
तर मुख्य रुपमा तिमल्सिना र मास्के बीच प्रतिस्पर्धा हुने देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #विष्णुभक्त
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्