वीरगंज नाकाबाट ३ अर्बको सुख्खा फलफूल र बिस्कुट भित्रियो
बीरगंज । वीरगंज भन्सार आइसीपीबाट ३ अर्बभन्दा बढीको सुख्खा फलफूल तथा ड्राईफुड्स, बिस्कुट एवं विभिन्न फलफूल गरी झण्डै ३ अर्बभन्दा बढीको सामान भित्रिएको छ ।
वीरगंज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै १ अर्ब ५० करोड ३० लाख बराबरका ‘ड्राईफुड्स’ आयात भएको छ भने केरा, स्याउ, अनार, अम्बा, अङ्गुर, मेवा, किवी लगायतका फलफूलहरू झण्डै ९० करोडभन्दा बढीको भित्रिएको छ ।
त्यसैगरी सोही समयमा ६० करोडभन्दा बढीको चकलेट, बिस्कुट लगायतका सामाग्री भित्रिएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राईफुड्स’ खपत हुने गरेको र भाइटिकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले यसलाई कतिपयले ‘भाइ मसला’ समेत भन्ने गर्दछन् ।
तिहारमा ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदाम,छोकडा, मखना लगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्दछ ।
सुख्खा फलफूल नेपालमा छिमेकी मुलुक भारत र चीनसहित बेलायत, इटाली, भियतनाम, युएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिका लगायतका मुलुकबाट आयात हुने वीरगंज भन्सार कार्यालयका प्रवक्ता एवं भन्सार अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिनुभयो ।
सरकारले आयातमा गरेको कडाइका कारण गत वर्षको तुलनामा यस बर्ष सुख्खा फलफूलको आयातमा समेत गिरावट आएको र केही समय यता डेंगु, कोभिडको कारण हरियो नरिवल, मेवा, अम्बा लगायतका फलफूलको आयात समेत उल्लेख्य परिणाममा बढ्दै गएको अधिकृत सुबेदीले बताउनुभयो ।
वीरगंज भन्सारले दिएको जानकारी अनुसार विगत एक महिना यता १९ लाख ६५ हजार ४ सय १३ किलो ग्राम ड्राईफुड्स भित्रिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वीरगंज नाकाबाट ३ अर्बको सुख्खा फलफूल र बिस्कुट भित्रियो, #वीरगंज भन्सार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्