घरदैलो कार्यक्रममा मतदातासँग उम्मेद्वार कुँवर

बनेपा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा चुनावी सरगर्मी बढ्दै गएको छ । चुनावमा आफ्नो गतिलो प्रस्तुति दिन उम्मेद्वार, राजनीतिक दल र नेता कार्यकर्ताहरू चुनावी एजेन्डासहित जनताको घरदैलो कार्यक्रममा लागेका छन् ।
यसैबिच भुम्लु गाउँपालिकामा जन्मिएका समाजसेवी तारा बहादुर कुँवर काभ्रेपलाञ्चोक प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा २ (क) बाट लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
आगामी चुनावमा आफूले जित हाँसिल गरेमा बागमती प्रदेशको आर्थिक, सामाजिक र भौतिक बिकासमा आमुल परिवर्तन गर्न भूमिका खेली देश कै नमुना प्रदेश बनाउने दाबी कुँवरको रहेको छ । कुँवर व्यवसायी, लेखक, समाजसेवासँगै राजनीतिमा समेत होमिएका छन् ।
कुँवरले घरदैलोमा जनताको आर्थिक उन्नतिलाई पहिलो प्राथमिकतामा राखी काम गर्ने बताउँछन् । काभ्रेपलाञ्चोक प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा २ (क) मा नेकपा एमालेका उम्मेद्वार कुमार खकुरेल र बाम लोकतान्त्रिक सत्ता गठबन्धनबाट लक्ष्मण लम्साल चुनावी प्रतिस्पर्धामा छन् ।
समाजसेवाबाट राजनीतिमा होमिएका कुँवरलाई थुप्रै अवसर र चुनौती रहेको छ । आफ्नो प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गतका भुगोलहरूमा जनता समक्ष कुँवर आफ्नो प्रतिबद्धता र अठोट पत्र सहित निर्वाचनमा कसिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #घरदैलो कार्यक्रममा मतदातासँग उम्मेद्वार कुँवर, #तारा बहादुर कुँवर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्