काठमाण्डौं मलबाट डेढ अर्व उठापछि ब्यपारीलाई हटाउन खोज्दै,अनसनको तयरीमा संघ
काठमाण्डौं– काठमाडौं मलको विषय झन् जटिल बनेको छ । काठमाडौं मलका व्यपारीहरुले सधै नै विचौलियाबाट पिडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न दवाव दिएका थिए । द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराको नेतृत्वमा व्यवसायीले सञ्चयकोषको कार्यलय काठमाण्डौमलमा राख्न सफल भए । संञ्चयकोष आएपछि व्यवसायीले अब आराम संग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थिए तर सञ्चयकोषको व्यवहारले मलका व्यवसायी झन रुष्ट भएका छन् । ‘सञ्चयकोषको व्यवस्थापन आए पछि ढुक्क संग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थियौ तर सञ्चयकोषले चलखेल गरेर काठमाण्डौं मलका व्यवसायीलाई ठाउँ खाली गर्न लगाउँदै छ ।’ संघका अध्यक्ष सुष्मा महराले भनिन् ।
सञ्चयकोषले नै व्यपारीक मल भन्दै व्यवसायीलाई बोलाएको भन्दै उनले अहिले व्यसायीलाई उठाउन खोज्नु जायज नभएको बताएकी छन् । मलमा ब्यवसाय गरेर वसिरहेका ब्यवसायहरुलाई नै हटाउने प्रपन्च सञ्चयकोषका कर्मचारीहरुले गर्न थालेपछि द काठमाडौं मल ब्यपार संघका अध्यक्ष सुषमा महरा अब आफू आमरण अनसनमा बस्ने जनाएकी छन् । पछिल्लो पटक कर्मचारी संचयकोषका भवन प्रमुखसंग भएको वार्तामा ब्यवसाय सिध्याउने मिसन र ब्यपार संघ अघि बढे प्लान बी प्रयोग गर्ने जस्ता कुराले संचयकोषको नियत प्रष्ट भैसकेको महराको दावी छ ।
महराका अनुसार कर्मचारी संचयकोष सुन्धारा भवन काठमाण्डौ मल संचालनमा ल्याएयता संचयकोषले ब्यवसायीवाट १ अर्व ६६ करोड भन्दामाथि असुलि सकेको छ । यति धेरै रकम असुल गरिसक्दा पनि उचित ब्यवस्थापन नगर्ने उल्टै ४ अर्व भन्दा ज्यादा लगानि गरेर बसिरहेको ३ सय ब्यपारी लाई साथै ३ हजार कर्मचारीले रोजगारी पाईरहेको केन्द्र लाईनै तहस नहस गर्न खोज्नु ज्यादति पुर्ण भएको बताएकी छन् ।
उनका अनुसार यहाँका ब्यवसायहरु टेन्डर मार्फत १५ वर्षको अवधि लिएर ठेकेदार आएपछि १५ वर्षको योजना बनाएर घर खेत भएका सबै जायजेथा बैंकमा राखेर काम गरेकाले अबको विकल्प कि त आत्महत्या गर्नु यात लड्नु मात्र भएको बताएकी छन् । यसैका लागि अध्यक्ष महरा आफ्नो प्राण नै दाउमा लगाएर भए पनि लड्ने अठोटका साथ आमरण अनसन बस्ने तयारीमा रहेको बताएकी छन ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाण्डौं मल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्