काठमाण्डौं मलबाट डेढ अर्व उठापछि ब्यपारीलाई हटाउन खोज्दै,अनसनको तयरीमा संघ
काठमाण्डौं– काठमाडौं मलको विषय झन् जटिल बनेको छ । काठमाडौं मलका व्यपारीहरुले सधै नै विचौलियाबाट पिडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न दवाव दिएका थिए । द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराको नेतृत्वमा व्यवसायीले सञ्चयकोषको कार्यलय काठमाण्डौमलमा राख्न सफल भए । संञ्चयकोष आएपछि व्यवसायीले अब आराम संग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थिए तर सञ्चयकोषको व्यवहारले मलका व्यवसायी झन रुष्ट भएका छन् । ‘सञ्चयकोषको व्यवस्थापन आए पछि ढुक्क संग व्यवसाय गर्न सकिन्छ भन्ने सोचेका थियौ तर सञ्चयकोषले चलखेल गरेर काठमाण्डौं मलका व्यवसायीलाई ठाउँ खाली गर्न लगाउँदै छ ।’ संघका अध्यक्ष सुष्मा महराले भनिन् ।
सञ्चयकोषले नै व्यपारीक मल भन्दै व्यवसायीलाई बोलाएको भन्दै उनले अहिले व्यसायीलाई उठाउन खोज्नु जायज नभएको बताएकी छन् । मलमा ब्यवसाय गरेर वसिरहेका ब्यवसायहरुलाई नै हटाउने प्रपन्च सञ्चयकोषका कर्मचारीहरुले गर्न थालेपछि द काठमाडौं मल ब्यपार संघका अध्यक्ष सुषमा महरा अब आफू आमरण अनसनमा बस्ने जनाएकी छन् । पछिल्लो पटक कर्मचारी संचयकोषका भवन प्रमुखसंग भएको वार्तामा ब्यवसाय सिध्याउने मिसन र ब्यपार संघ अघि बढे प्लान बी प्रयोग गर्ने जस्ता कुराले संचयकोषको नियत प्रष्ट भैसकेको महराको दावी छ ।
महराका अनुसार कर्मचारी संचयकोष सुन्धारा भवन काठमाण्डौ मल संचालनमा ल्याएयता संचयकोषले ब्यवसायीवाट १ अर्व ६६ करोड भन्दामाथि असुलि सकेको छ । यति धेरै रकम असुल गरिसक्दा पनि उचित ब्यवस्थापन नगर्ने उल्टै ४ अर्व भन्दा ज्यादा लगानि गरेर बसिरहेको ३ सय ब्यपारी लाई साथै ३ हजार कर्मचारीले रोजगारी पाईरहेको केन्द्र लाईनै तहस नहस गर्न खोज्नु ज्यादति पुर्ण भएको बताएकी छन् ।
उनका अनुसार यहाँका ब्यवसायहरु टेन्डर मार्फत १५ वर्षको अवधि लिएर ठेकेदार आएपछि १५ वर्षको योजना बनाएर घर खेत भएका सबै जायजेथा बैंकमा राखेर काम गरेकाले अबको विकल्प कि त आत्महत्या गर्नु यात लड्नु मात्र भएको बताएकी छन् । यसैका लागि अध्यक्ष महरा आफ्नो प्राण नै दाउमा लगाएर भए पनि लड्ने अठोटका साथ आमरण अनसन बस्ने तयारीमा रहेको बताएकी छन ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाण्डौं मल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्