श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ

श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् फुर्वा तामाङ पक्राउ परेका छन् । उनकी श्रीमतीले वैवाहिक करणीको जाहेरी दिएपछि भक्तपुर प्रहरी कार्यालयले असोज २६ गते फुर्वालाई पकाउ गरेको हो ।
उनकी श्रीमतीले बिहेपछि आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको, पटकपटक जबरजस्ती करणी गरेको र अप्राकृतिक सम्बन्ध राखेर दुख दिएको भन्दै प्रहरी समक्ष उजुरी दिएका थिए । उनकी श्रीमतीको उजुरीपछि प्रहरीले फुर्वालाई पक्राउ गरेको हो । जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी हिरासतमा राखेर फुर्वामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमतीबाट हनीट्रपमा परेको भन्दै केही महिनाअघि फुर्वाले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेका थिए । त्यसपछि पक्राउ परेका उनकी श्रीमतीले फुर्वाविरुद्ध जेलबाटै वैवाहिक जबरजस्ती करणीको उजुरी दिएकि थिइन । उनी अहिले सुनधारा कारागारमा छन् ।
फुर्वाले श्रीमतीले आफूसँग भएको जायजेथा र सुनचाँदीको गरगहना गरी करिब डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरेका थिए ।
सामाजिक सञ्जालबाट माया(प्रेम बसेर उनीहरूले केही समयअघि विवाह गरेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्