डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’का दुई पात्रलाई थप आर्थिक सहयोग
चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’का दुई पात्रलाई थप आर्थिक सहयोग प्रदान गरिएको छ ।
बिहीबार काठमाडौँमा ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले निर्मात्री शारदा गैरेको उपस्थितिमा अर्घाखाँचीका ऋषी खनाल र मकवानपुरकी प्रिया विश्वकर्मालाई नगद रकम हस्तान्तरण गरेका हुन् ।
लम्जुङ समाज अमेरिकाका अध्यक्ष शशी थापा र उनकी पत्नी अप्सरा कुँवरले ऋषीको छोराको शिक्षामा सहयोग पुगोस् भनेर प्रदान गरेको २ सय अमेरिकी डलर (२२ हजार ४ सय नेपाली रुपैयाँ) हस्तान्तरण गरिएको हो ।
यस्तै, युनाइटेड शेर्पा एशोशियन तथा यूएस–नेपाल अनलाइन अमेरिकाबाट विष्णुमाया परियार र प्रदीप परियार थापाले प्रियाका लागि पठाएको १५१ अमेरिकी डलर (१७ हजार नेपाली रुपैयाँ) हस्तान्तरण गरिएको छ ।
२०७२ बैशाख १२ गतेको भूकम्पमा परि यी दुवैले एक÷एक वटा खुट्टा गुमाएका छन् । पीडितमध्ये खनालले ‘भाग्यले बाँचेकाहरु’ बने यता विभिन्न क्षेत्रका सहयोगीहरुबाट १२ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् ।
०७२ सालको भूकम्पमा परि चमत्कारिक रूपमा बाँच्न सफल भएकाहरुको घटनामा आधारित चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ विश्वका १३ वटा भाषामा अनुवाद गरिएको छ ।
फिल्म विश्वका ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको छ भने १७ वटा अवार्ड जित्न सफल भएको छ । ‘भाग्यले बाँचेकाहरु’ बेलायतको संसदमा प्रर्दशन भएको पहिलो नेपाली डकुमेन्ट्री फिल्म हो । यसलाई केही महिना अघि अमेरिकाको न्यू जर्सी राज्यले समेत सम्मान गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भाग्यले बाँचेकाहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्