Techie IT
बुधबार, वैशाख १०,२०८२

संखुवासभाको विकासका लागि काँग्रेस उम्मेदवार दिपक खड्काका यी हुन् प्रतिवद्धता


काठमाडौँ । लोकतान्त्रिक–बाम गठबन्धनबाट प्रतिनिधी सभा सदस्यका रुपमा संखुवासभाको उम्मेदवार बन्नुभएका दिपक खड्काले संखुवासभाका सबै पालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने हुनुभएको छ ।
गठबन्धनका साझा उम्मेदवार खड्काले आज प्रतिवद्धता सार्वजनिक गर्दै जिल्लाका १० वटै पालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने बताउनुभएको हो ।

विस २०७० सालको निर्वाचनमा संखुवासभाबाट निर्वाचित भई खानेपानी तथा सरसफाई राज्यमन्त्री बन्नुभएका खड्काले जिल्लाभरी शुद्ध खानेपानी पु¥याउने, जिल्लाबासीलाई गुणस्तर एवम् सीपमुलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचार रहित समाज निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेस संखुवासभाका पार्टी सभापतिसमेत रहनुभएका उहाँले जिल्लाभर १२ महिना नै चल्ने सडक सञ्जाल जोड्ने, उद्यमशीलता र रोजगारी प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने बताउनुभएको छ ।

यसैगरी, जिल्लाभर फोर जी सहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युतको आपूर्ती व्यवस्था मिलाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेता खड्कासँगै संखुवासभाको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजेन्द्र कार्की (नविन) र प्रदेशसभा (ख) मा नेकपा (एकीकृत समाजवादी)की सरिता थापा खड्का उम्मेदवार बन्नुभएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:29 am6:34 pm +0545