बझाङमा जीप दुर्घटना अपडेट : मृतक चार जनाको पहिचान खुल्यो

बझाङ ।बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु भएका मध्ये चार जनाको पहिचान खुलेको छ ।
पहिचान खुलेका चार जनामा दुई महिला र दुई पुरुष रहेका छन् ।
दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ बर्षीय रोशन खड्का, ११ बर्षीय प्रचण्ड खड्का र २८ बर्षीया बसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य मृतक र घाइतेहरूको पहिचान खुलेको छैन ।
बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो ।
सु.प.प्र ०१–००१ च ११७ नम्बरको जीप तुफान डाँडामा दुर्घटनामा परेको थियो । जीप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो ।
अहिले घाइतेहरूलाई जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेको समेत सूचना अधिकारी अवस्थीले
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बझाङमा जीप दुर्घटना अपडेट : मृतक चार जनाको पहिचान खुल्यो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्