बझाङमा जीप दुर्घटना ६ जनाको मृत्यु
काठमाडौं। बझाङमा बुधबार जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा जीप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेहरुको उद्वार गरेका छन् ।
घाइते भएका केहीको अवस्था गम्भीर रहेको बताइएको छ । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।
गाडि क्षतविक्षत अवस्थामा रहेकाले गाडि नम्बरसमेत पत्ता नलागेको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन ।
दुर्घटनाको कारण खुल्न सकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना, #बझाङमा जीप दुर्घटना ६ जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्