काठमाडौँ क्षेत्र नं २ (क) का लौरो उम्मेदवार तिमल्सिना को हुन् ?
फिल्म निर्माता तथा कलाकार राज तिमल्सिनाले प्रदेशसभा सदस्य काठमाडौँ क्षेत्र नं. २ क बाट उम्मेदवारी दिएका छन्।
हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिन्ह सहित उनले उम्मेदवारी दिएका हुन्।
काभ्रे जिल्लाको भकुण्डेबेसीमा जन्मिएका तिमल्सिना पछिल्लो २५ वर्ष देखी काठमाडौंलाई कर्मथलोको रूपमा आफूलाई उभ्याएका छन्।
२०५६ साल देखी विभिन्न गुरु द्वारा नृत्य, अभिनय, मोडलिङ्ग, मार्सल, आर्ट, कलाकारिता सिक्दै चलचित्र उद्योगमा प्रवेश गरेका उनी दुई दशकमा सयौँ म्युजिक भिडियो, दर्जनौ टेलिफिल्म,२० भन्दा बढि ठुलो पर्दाको चलचित्रहरुमा मुख्य अभिनेता (नायक) को भुमिकामा अभिनय समेत गरेको बताए।
२०५७ साल देखी आध्यात्मिक साधना, स्वाध्यन, योग, ध्यान गर्दै आइरहेको तिमल्सिना आफैले ठुलो पर्दाको चलचित्र समेत निर्माण गरेका छन्। जसमा(संघर्ष, भाइकोमाया, फैसला, सिलसिला, झोला, भोर आदी फिल्महरू रहेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा चर्चित ऐतिहासिक सती प्रथाको कुरितीमा आधारित सामाजिक चलचित्र ” झोला”, मा सहायक निर्देश र एक निर्माता रुपमा उनको भूमिका रहेको थियो।
आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशमा भएको फोहोरी राजनीति, अन्याय, अत्याचार, अनियमितता, भ्रस्टाचार हटाएर देशमा सत्य, धर्म, न्याय, नीतिको व्यवस्था लागू गराउन मेरो उम्मेदवारी रहेको तिमल्सिनाले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँ क्षेत्र नं २ (क) का लौरो उम्मेदवारी तिमल्सिना को हुन् ?, #राज तिमल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्