Techie IT
आईतबार, चैत्र ९,२०८१

काभ्रे क्षेत्र नं २ (क) मा ताराबहादुर कुँवर लाई भोट किन ?


मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नम्वर २ (क) बाट ताराबहादुर कुँवर (क्षेत्री) ले स्वतन्त्र उम्मेदवार दर्ता दिएका छन् । दलहरु असफल भए पटक पटक, स्वतन्त्रलाई मतदान गरौँ यस पटक भन्ने मूल नाराका साथ कुँवर लौरो चुनाव चिन्हका साथ चुनावी मैदानमा होमिएका छन् । कुँवरसँग गरेको कुराकानी अंशः

तपाईको उम्मेदवारी किन ?
बागमती सफाई अभियानदेखि अन्य सामाजिक क्षेत्रमा क्रियाशील भएता पनि समाजसेवा गर्नका निम्ति धेरै समस्या र बाधा, अड्चन आइपुगे । समाजसेवा गर्नका निम्ति पनि नीति नियम बनाउने ठाउँमा गइयो भने त्यो समाजसेवा गर्नेहरुको लागि सहज बनाउनको लागि र सम्मानित लक्षित वर्गलाई माथि उठाउनको लागि सहयोग पुग्ने मैले देखे । एकचोटि नीति नियम बनाउने ठाउँमा पुग्ने हेतुले आफ्नो उम्मेदवारी दिएको हुँ । जीवनमा आफ्नो परिवारको लागि धेरै कुराहरु गरिसकेको छु । अब मैले गाउँको लागि केही योगदान गर्नु छ । गाउँमा रहेका जति पनि पीडित व्यक्ति, तड्पिएर बसेका व्यक्ति, आवाज बुलन्द गर्न नसक्ने दाजुभाई तथा दिदीबहिनीहरुप्रति समर्पित हुनु छ । दाजुभाईहरुलाई अन्याय नपरोस्, औषधी किन्न नसकेर अस्पतालमै मर्न नपरोस्, मैले भोगेका समस्या अरुले भोग्न नपरोस्, देशमा निःशुल्क बाँच्न पाउने अधिकार राज्यले सुनिश्चित गर्नुपर्छ भन्ने आवाजलाई बुलन्द गर्नका निम्ति मैले उम्मेदवारी दिएको हुँ ।

तपाईलाई भोट किन ?
हाम्रो लागि हामी आफैँले दुःख गरेका छौँ । विभिन्न दलका राजनीतिक पार्टीलाई चुनेर जनताले पठाइसकेका छन् । एकचोटी सोझो मान्छेलाई पनि विजयी गराइदिनुस् न भनेर आम दाजुभाई तथा दिदीबहिनीहरुसमझ आएको हुँ । जिवनमा लिनु केही छैन सके दिनेँ हो, यत्रो वर्षसम्म देशको लागि विभिन्न खाले उपलब्धिमूलक कार्य गरेको छु । आफ्नो कर्मथलो काठमाडौँ भएतापनि जन्मथलोबाट टाढा रहन सकिन । जन्मभूमिबाट केही योगदान गरुँ भन्नको लागि प्रदेश सभा काभ्रेपलाञ्चोक क्षेत्र नम्वर २ क बाट उठेको हुँ । मैले अहिलेसम्म गलत, कलङ्क छवी बनाएको छैन। उदाहरणीय काम पनि गरेको छु । त्यसैले आम दाजुभाई तथा दिदीबहिनीहरुले मलाई भोट दिएर विजयी गराइदिनुहुन्छ भन्ने अपेक्षा लिएको छु । यसै मिडियाबाट मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नम्वर २ (क) मा लौरो चिन्हमा मतदान गरिदिनुहुन पनि अपिल गर्न चाहन्छु ।

सत्मार्ग अनलाइन


क्याटेगोरी : समाचार
ट्याग : #काभ्रे क्षेत्र नं २ (क) मा ताराबहादुर कुँवर लाई भोट किन, #ताराबहादुर कुँवर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:02 am6:17 pm +0545