Techie IT
शनिबार, असार ३०,२०८१

सुर्नया गाउँपालिका की १७ वर्षीया सिर्जना ४० दिनदेखि बेपत्ता


बैतडी।  बैतडीको सुर्नया गाउँपालिका वडा न.४ की १७ वर्षीया सिर्जना लोहार गत ४० दिनदेखि हराएकी छिन  ।

भदौ २३ गतेका दिन गौरापर्वबाट हराएकी लोहार अझै बेपत्ता रहेको उहाँका बुवा बिरा लोहारले बताउनुभयो । छोरी बेपत्ता भएकै भोलिपल्ट प्रहरीमा खबर गरेपनि अझै पत्ता नलागेको उहाँको भनाई छ ।

रातीको समयमा हराएकी छोरीको खोजीका लागि सबै प्रयास गरेपनि नभेटिएको उनकी आमा जानकी लोहारले बताउनुभयो ।

छोरी केटासँग भागेको भए सम्पर्कमा आउनुपर्ने तर ४० दिनसम्म सम्पर्क नगरेकाले चिन्ता बढेको परिवारको भनाई छ ।

उक्त घटनाका विषयमा प्रहरीमा जानकारी आएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सुर्नया गाउँपालिका की १७ वर्षीया सिर्जना ४० दिनदेखि बेपत्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Drizzle
5:16 am7:02 pm +0545