मैले टिकट नपाए पनि एमालेका उम्मेदवार जिताउन लाग्नेछु : नेता रावल
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीले आफूलाई टिकट नदिए पनि एमालेले खडा गरेका उम्मेदवारहरू जिताउन लाग्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा एमालेका उम्मेदवारलाई जिताउन लाग्ने धारणा व्यक्त गरेका हुन् । पत्रकार सम्मेलनमा पार्टी र पार्टी नेतृत्वको तीव्र आलोचना गरेका उनले एमालेका उम्मेदवारलाई जिताउन भने कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
आफूले पार्टीलाई सही दिशामा लैजान आवाज उठाएकै कारण आफूलाई उम्मेदवार बन्न नदिएको हुनसक्ने बताउँदै टिकटकै कारण पार्टी नछोड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘अब पार्टीभित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्छु तर पार्टी छोड्दिनँ,’ पत्रकार सम्मेलनमा उनले भने ।
आफू स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावमा जान सक्ने भए पनि आफू त्यस्तो निर्णयमा नपुगेको रावलको भनाई थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #भारतसँगको नेपाली सिमानामा काँडेतार लगाउनु पर्छ : भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्