राष्ट्रसंघीय महासभामा भारत र चीन तटस्थ, रुसको भत्र्सना गर्ने प्रस्तावमा नेपालले गर्यो मतदान
न्यूयोर्क । नेपालले युक्रेनको चार वटा क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने रुसी प्रयासको भत्सर्ना गरेको छ । बुधबार राति संयुक्त राष्ट्रसंघको महासभामा युक्रेनी भूभाग रुसमा विलय गराउन गरिएको जनतमसंग्रहको भत्सर्ना गर्ने प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो ।
सो प्रस्तावमा रुसले गरेको कुनै पनि विलयलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ र तत्काल ती भूभागहरु फिर्ता गर्न माग गरिएको छ । सो प्रस्तावमा जारी द्वन्द्व वार्ताको माध्यमबाट समाधान गर्ने प्रयासलाई दृढ समर्थन गर्ने रहने उल्लेख छ ।
नेपालसहित १ सय ४३ वटा राष्ट्रको प्रस्तावको पक्षमा मतदान गरेका छन् । भारत र चीनसहितका ३५ वटा देशले मतदान प्रतिक्रियामा सहभागी भएनन भने ५ वटा देशले विपक्षमा मत दिएका छन । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले विपक्षमा मतदान गरेका थिए । प्रस्ताव प्रतिकात्मक भएपनि युक्रेनमाथि रुसले गरेको आक्रमणपछि त्यस सम्बन्धमा भएका मतदानमा सबैभन्दा बढी मत परेको हो ।
गत साता मस्कोमा आयोजित एक भव्य समारोहमा रुसले युक्रेनको चार वटा भूभाग लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन गाभिएको जनाएको थियो । रुसले सो क्षेत्रमा बस्दै आएका नागरिकहरुले गरेको जनमतसंग्रहपछि त्यस्तो निर्णय गरेको जनाउँदै आएको छ ।
राष्ट्र संघको ११ औं विशेष सत्रलाई लागि सम्बोधन गर्दै नेपालका स्थायी प्रतिनिधि अमृत राईले राष्ट्र संघको बडापत्रले स्थापना गरेको सिद्धान्तहरु सार्वभौमिकता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र अनाक्रमता उल्लंघन हुननसक्ने बताउनु भयो ।
‘युक्रेनमा भएको हिंसात्मक घटना र द्वन्द्वले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि गम्भीर जोखिम सिर्जना गरेको छ । युक्रेनको सन्दर्भमा नेपालको धारणा स्पष्ट छ राष्ट्र संघको बडापत्रले सुनिश्चित गरेको सार्वभौमिकता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता, अनाक्रमता उल्लंघन हुनसक्दैन र सबै देशले त्यसलाई सधै सम्मान गर्नुपर्छ । त्यसमा कुनै यदि, तर लागू हुँदैनु मतदान अघि राईले भन्नुभयो, ‘राष्ट्रसंघीय बडापत्रले सबै सदस्यहरुले सबै अन्तर्राष्ट्रिय विवादको मामिलाहरु शान्तिपूर्ण माध्यमबाट र अन्तर्राष्ट्रिय शान्ति तथा न्यायलाई कुनै खतरामा नपर्ने तौरतरिकाबाट समाधान गर्नुपर्ने तोकिदिएको छ । ’
राईले शान्तिपूर्ण सहअस्तित्व, अनाक्रमता, अहस्तक्षेप, सार्वभौमिताको सम्मान, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता नेपालको विदेश नीतिको आधारभूत सिद्धान्तहरु भएको बताउनु भयो ।
रुसी आक्रमणको बारेमा दक्षिण एसिया भने विभाजित देखिएको छ । भारत, पाकिस्तान र श्रीलंका मतदानमा अनुपस्थित भएका छन् भने नेपालसहित बांग्लादेश, भुटान, माल्दिभ्स र अफगानिस्तानले भर्त्सना गर्ने प्रस्तावको पक्षमा मतदानमा गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रुसको भत्र्सना गर्ने प्रस्तावमा नेपालले गर्यो मतदान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्