जीप दुर्घटनामा घाइतेलाई हेलिकप्टरबाट कोहलपुर पठाइयो
सल्यान । जिल्लाको कुमाख गाउँपालिका ७ जिमालीमा जीप दुर्घटनामा घाइतेलाई हेलिकप्टरबाट कोहलपुर लगिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट शनिबार बिहान घाइते सुनिता बोहरा पुन मगर र उहाँको ६ महिनाको छोरीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सुनिताको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । उहाँको ६ महिनाको छोरीको अवस्था भने सामान्य रहेको छ ।
शनिबार बिहान कुमाख गाउँपालिका ७ डुमकोटबाट शारदा नगरपालिका ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप कुमाख गाउँपालिका ७ जिमालीमा दुर्घटना भएको थियो । । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै अन्य १५ जना घाइतेलाई पनि नेपालगञ्ज रिफर गरिएको छ । जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिकमा उपचार गराइ रहेको १५ जनाको प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जीप दुर्घटनामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्