पाकिस्तानलाई विश्व बैंकको सहयोग

पाकिस्तानमा आएको विनाशकारी बाढीका कारण धेरै जनधनको क्षति भएको छ । यस भीषण बाढीका कारण पाकिस्तानले विश्वभरका देशहरूसँग आर्थिक सहयोगको लागि अनुरोध गरेको छ ।
यसैबीच, विश्व बैंकले पाकिस्तानमा विनाशकारी बाढीलाई ध्यानमा राख्दै ३२३ अर्ब डलर सहायता प्रदान गर्नेछ । पाकिस्तानको सिन्ध प्रान्तमा आएको बाढीबाट नराम्ररी प्रभावित किसानलाई विश्व बैंकले ३२३ अर्ब डलर सहयोग गर्ने जानकारी दिएको छ ।
सिन्ध प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले भने– ‘हामीले केही प्रोत्साहन दिएर हाम्रो बाढी–कृषि उद्योगलाई पुनर्जीवित गर्नुपर्नेछ ।’ उनले भीषण बाढीपछि किसानले खेतीका लागि बीउ र अन्य आवश्यक सामग्री किन्न सक्ने अवस्थामा नरहेको बताए ।
मुख्यमन्त्रीले आगामी रवि फसलको सिजनअघि विध्वंसपछि किसानलाई आफ्नो जग्गा फिर्ता गराउन विश्व बैंकले प्रदेश सरकारलाई ३२३ अर्ब अमेरिकी डलर उपलब्ध गराउने सहमति भएको बताए । द न्युज इन्टरनेशनलका अनुसार बाढीपीडितले सरकारी सहयोग नपाएको भन्दै पाकिस्तान सरकारको पटकपटक आलोचना गरेका थिए ।
मुसलधारे वर्षापछि दक्षिणी पाकिस्तानमा आएको बाढीले कपास बालीमा क्षति पुर्याएको छ र सिन्धका किसानहरूको जीवनमा गम्भीर असर पारेको छ । भीषण बाढीले देशका किसानको हजारौं एकड कृषि जमिन र बगैंचा नष्ट गरेको छ ।
बाढीले क्षति पु¥याएपछि किसानहरु पनि सरकारविरुद्ध सडकमा उत्रिएका छन् । स्वास्थ्य विभागको तथ्यांकअनुसार बाढी प्रभावित क्षेत्रमा २५ लाखभन्दा बढी मानिस सरुवा रोगबाट प्रभावित भएका छन् ।
यसैबीच, विश्व स्वास्थ्य संगठनले पाकिस्तानमा प्रकोपपछि बढ्दो रोग र मृत्युको लहरको सम्भावनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । डब्लुएचओ प्रमुखले अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन छिट्टै काम सुरु गर्न सुझाव पनि दिएका छन् ।
पाकिस्तानमा कीर्तिमानी मनसुन र भारी बाढीले भोकमरी र विभिन्न रोगहरू निम्त्याएको छ । यसले ३३ मिलियन मानिसहरूलाई असर गरेको छ र ३० बिलियन अमेरिकी डलर क्षति भएको अनुमान गरिएको छ । (एजेन्सीको सहयोगमा)
क्याटेगोरी : समाचार
ट्याग : #पाकिस्तानलाई विश्व बैंकको सहयोग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्