यस्तो छ प्रहरीको दशैं सुरक्षा योजना
काठमाडौँ । नेपालीहरूको पर्व बडा दशैँ, तिहार तथा छठ नजिकिएसँगै सर्वसाधारण नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीले विभिन्न सुरक्षा योजना लागू गरेको छ ।
चाडबाडमा बढी आर्थिक अपराध हुने, चोरी डकैती हुने र लामो यात्रा गर्दा लुटिने सम्भावना हुँदा प्रहरीले दिने सुरक्षासँगै नागरिक आफैलाई पनि सचेत बन्न नेपाल प्रहरीले आग्रह गरेको छ ।
गृह मन्त्रालयले १३ र प्रहरी प्रधान कार्यालयले १९ बुँदे चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गरिसकेको नेपाल प्रहरीले जनाएको छ ।
केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले चाडबाडका बेला आर्थिक अपराध बढ्ने, किनमेल, बैङ्क, मलहरूमा पिक पकेटिङ, स्न्याचिङ, चिट्ठा, जुवा तास नियन्त्रण, पटका पड्काउने कार्यलाई नियन्त्रण गर्ने, कालोबजारी नियन्त्रण, सुरक्षाकर्मी हुँ भन्दै चोरी गर्ने काम बढ्ने भएकाले प्रहरीले विशेष अनुगमनसहित सुरक्षा दिने जानकारी दिनुभयो ।
यसैगरी यात्रुहरूलाई बढी भाडा लिने, पुराना गाडी चलाउने, लामो दुरीमा एक जना मात्र सवारी चालक राख्ने जस्ता कार्य नियन्त्रण गर्न पनि प्रहरीले अनुगमनलाई तीव्रता दिएको छ ।
ट्राफिक व्यवस्थापन नियन्त्रण, अनुगमनका लागि पनि २५० ठाउँमा नागरिक यात्रु सहायता कक्ष सञ्चालन गरिएको समेत प्रवक्ता राईले जानकारी दिनुभयो ।
लामो दुरीका सवारीमा टाइम कार्डको व्यवस्था, यसअघि हुँदै आएको मापसे जाँचसँगै अबदेखि लागू पदार्थ सेवन गरे नगरेको चेकजाँच कार्य पनि सुरु गरिएको केन्द्रिय प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो ।
प्रहरीले यात्रुहरूको सुरक्षाका लागि सञ्चालन हुने गाडी नयाँ वा पुरानो बारे थाहा पाउन मेकानिकल चेकजाँच समेत सुरु गरेको छ ।दशैँमा काठमाडौँ उपत्यका लगायतका ठाउँ छाडेर आफ्नो पुर्ख्यौली थलो जाने नागरिकहरूलाई घर तथा कार्यालयको सुरक्षा गर्न छिमेकी तथा नजिकैको प्रहरीलाई जानकारी गराउन समेत उहाँले सुझाव दिनुभयो ।
यात्रा गर्दा नचिनेको मान्छेले दिएको खानेकुरा नखाने, गहना लगाएर नहिँड्ने, धेरै पैसा नबोक्ने, स्मार्ट फोन प्रयोगकर्तालाई प्रहरी एप्सको प्रयोग गर्न प्रवक्ता राईले सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो ‘‘तपाईँहरूलाई अप्ठेरो पर्यो, सुरक्षा चुनौती भयो भने प्रहरीको सय नम्बरमा फोन गर्नुहोस्, स्मार्ट फोन चलाउनुहुन्छ भने प्रहरी एप्स चलाउनुहोस् जसले प्रहरीले तपाईँको तुरुन्त मदत गर्दछ’’
चाडबाडका बेला घर तथा डेरामा ताल्चा लगाई धेरैजसो मानिस आफ्नो पुर्ख्यौली थलो जाने गर्छन् । घरमा कोही नभएको मौका छोपी चोरी डकैती, लुटपाट जस्ता अपराध हुने भएकाले नागरिकहरू आफै सचेत बन्न जरुरी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यस्तो छ प्रहरीको दशैं सुरक्षा योजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्