Techie IT
शुक्रबार, चैत्र २७,२०८२

 उपमेयरको नेतृत्वमा बजार अनुगमन


काठमाडौं । दसैं नजिकिएसँगै काठमाडौंका उपमेयर सुनिता डंगोल नेतृत्वको टोलीले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ ।
खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखाका अनुसार उत्पादन अनुज्ञापत्र नभएकोले साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला विक्री गर्न रोक लगाइएको छ ।

महानगरले पुरानो सिनामंगल मन्दिर नजिक केएफसी फास्डफुड, पेप्सीकोला टाउन प्लानिङ फुटबल ग्राउण्ड नजिक रहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइ चिकेनको भान्छा लगायतका स्थानमा अनुगमन गरिसकेका छन् ।
महानगरले अनुगमनबाट भेटिएको अखाद्य तेल, एप्पल साइडर, भेनेगर, कुखुराको मासु आदि नष्ट गर्दिएका छन् । अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको हरेक शाखामा खाद्य अनुज्ञापत्र राख्न र प्याकेजिङ्काका लागि घरेलु तथा साना उद्योग कार्यालयको इजाजत पत्र लिन निर्देशन पनि दिएको छ ।
काठमाडौं महानगरपालिकाले उजुरी गर्नको लागि १६६००१०५५११ नम्बरको टोल फ्रि नम्बर पनि सञ्चालनमा ल्याएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #उपमेयरको नेतृत्वमा बजार अनुगमन


तपाईको कमेन्ट लेख्नुहोस्