सामाजिक कार्यमा कृयाशिल बाराका बिनोद यादव,बैदेशिक रोजगारीका क्रममा समस्या परे सम्पर्कमा आउन आग्रह

मलेसिया । बारा जिल्लाको कलैया उपमहानगरपालिका(१७ ब्हापुरी निवासी बिनोद यादव विगत लामो समयदेखि विभिन्न ब्याबसायसङ्गै सामाजिक अभियानमा कृयाशिल ब्यक्ति हुन । मधेसका युवा बिनोदले मलेसिया, दुबई र बंगलादेश लगायतका देशहरुमा ब्यावसाय गर्दै आएका छन । उनले युएईमा शिभांश ह्युमन रिसोर्ससेज एफजेडसि
एल एल सि,नेपालमा एलाईन्स ग्रुप अफ कम्पनीज,मलेसियामा सनरेड एडभान्स मेनेजमेन्ट सर्भिसेज एसडिएन बिएचडिमार्फत आफ्नो ब्यावसाय सन्चालन गर्दै आएका छन ।
यादवले आफ्नो ब्यावसाय मात्रै नगरेर मलेसिया, दुबई र बंगलादेशमा
रहेका नेपालीहरूलाई सहयोग गर्दै दुस्खको सारथि बन्ने पनि गरेका छन ।
हाल उनी बैदेशीक रोजगारमा फसेका नेपाली युवाहरुको उद्धार अभियानमा लागेको बताऊछन ।
यादवले आफू पनि साधारण परिवारमा जन्मिएको र दुखमा हुर्किएको ब्यक्ति भएकाले आफूसँग बढी पैसा भएर नभई उनिहरुको दुखमा साथ दिएको बताउछन । नेपालभन्दा बढी विदेशमा नै रहने यादवले युएई,मलेसिया,बंगलादेशमा समस्यामा परेका २६ नेपालीलाई यो भन्दा पहिले हवाई टिकट उपलव्ध गराई सकेका छन । उनले विदेशमा अलपत्र परेका नेपाली श्रमिकको निस्वार्थ उद्वार गरेकोमा धेरै सामाजिक संघ,सँस्थाहरुले धन्यवाद दिदै प्रशंसा समेत गरेका छन ।
यादवको सामाजिक कार्यको प्रसंशा स्वदेश तथा विदेशमा उत्तिकै हुने गरेको छ । बाराका एउटा किसानको छोरो यादव अहिले विदेशमा करोडौँको व्यवसाय संचालन गर्दै आएका छन । कुराकानीका क्रममा यादवले आउदै गरेको नेपालीहरुको महान पर्व दशै,तिहार र छठ पर्वको शुभकामना ब्यक्त गर्दै आफुले एक नेपालीको कर्तव्य मात्र पूरा गरेको बताए । व्यवसाय बाहेकको समयमा घुमफिरको सट्टा नेपालका विभिन्न ठाउँबाट बैदेशिक रोजगारीमा आएका युवाबर्गको समस्या समाधान गर्दा आफुलाई आत्मसन्तुस्टी मिल्ने यादव बताउछन । उनले आफ्नो ब्यावसायिक यात्रासङ्गै सामाजिक कार्यलाई बढावा दिदै जाने बताए ।यादव मलेसिया,युएईलगाएतका देशमा बैदेशिक रोजगारीमा आएर समस्यामा परि नेपाल फर्कन नसकेका नेपालीहरु भए आफ्नो सम्पर्कमा आउन अनुरोध गर्छन । उनी आफ्नो गाँस नै कटाएर भएपनि समस्यामा परेका नेपालीलाई सहयोग गर्न पछि नपर्ने जिकिर समेत गर्छन । केही वर्ष पहिले यादव पनि पत्रकारिता क्षेत्रमा नै आवद्ध ब्यक्ति हुन ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्