Techie IT
मंगलबार, साउन १,२०८१

मार्नु नै धर्म हुन्छ भने यो संसारमा पाप चाँही के हो ? शाकाहारी अभियन्ता राधे खड्का (अन्र्तवार्ता)


 

चार्डपर्व सुरु भएसँगै सबैको परिवारमा मिठो परिकार बनाउने भन्ने चलन नै रही आएको छ । र, त्यो मिठो परिकार भनेकै पशुपन्छीको मासु हो । नेपालमा ग्रामीण भेगहरुमा अझै पनि दशैं तीहार सुरु भए लगत्तै मासु नै खानुपर्छ भन्ने प्रचलन छ । अर्को तिर, दशैंको बेलामा विभिन्न मठमन्दीरहरुमा धर्मको नाममा बली दिने प्ररम्परा पनि उत्ति कै छ ।

पछिल्लो समय बली दिने प्रथा अन्त्य गर्नुपर्छ, काटँमार गर्नु हुँदैन्, मार्नु धर्म भए पाप के होला ?लगाएतका आवाजहरु पनि सुनिने गरिन्छन् । विशेषगरी यी आवाजहरु दशैंको बेलामा सुन्ने गरिन्छ । बली दिने तथा काटँमार गर्नुहुँदैन् भन्ने अभियान पनि चलाईएको छ । यसै सन्दर्भमा दशैं लगाएतका चार्डपर्वमा बली दिनु कत्तिको उचित छ लगाएतका विषयमा शाकाहारी अभियन्ता तथा नेपाल शाकाहारी पार्टीका अध्यक्ष समेत रहेका राधे खड्कासँग गरिएको कुराकानीको सम्पादित अशं

तपाईहरुले अभियान कहिलेदेखि शुरु गर्नु भयो ? यो विचमा के के काम गर्नु भयो ?
म अहिंसामा विश्वास गर्छु । हाम्रो शास्त्रले पनि त्यो भनेको छ । पछिल्लो अभियानयो सँगसँगै हाम्रो यो अभियानमानिशुल्क कपडा बैंक,त्यस्तो खालको कपडा बैंकहरु पनि सुरु गरे । त्यसपछि २–३ वर्ष कोभिडको समय थियो,त्यसबेला निशुल्क खाना बैंक, फुड बैंक भनेर मैले सुरु गरे र देशैभरि त्यो एकदमै चर्चित पनि भयो । सञ्चारमाध्यमले पनि राम्रै साथ दिनुभयो । त्यो लगत्तै अक्सिजनबैंक, औषधी बैंक पनि सुरु गरेको थिए । त्यसक्रममा हामी लगभग ६६ वटा जिल्लामा पुग्यौं ।
विशेष गरि हामीले शाकाहारी अभियान सधैं नै चलाइ रहन्छौं । त्यसको लागि नेपाल शाकाहारी पार्टी भन्ने एउटा संस्था पनि छ । म उक्त संस्थाको अध्यक्ष पनि हुँ । अहिले यो दशैंको समयमा हाम्रो कार्यक्रमहरु निरन्तर भईराख्छन् ।
दशैंमा बलिहरु चडाउने, काटँमार गर्ने खालका गतविधिहरु धेरै हुन्छन्, यसमा तपाईको धारणा के छ ?
हाम्रोे परापूर्व कालमा एउटा बलि राजा भन्ने हुनुहुन्थ्यो, एकजना भिक्षु माग्न आउँदा बलि राजाले उँहालाई आफ्नो सर्वस्व नै आफ्नो घर, जग्गा, धन सम्पत्ति सबै नै दान गर्नुभयो । बलि भनेको त्यहि कारणले त्याग हो । हामीले यसलाई आधुनिक युगमा आएर त्यो बलि शब्दको नै अबमूल्यन हुन पुगेको छ । हाम्रो बुझाईमा बलि भनेको आफूभन्दा कमजोर, आफूभन्दा शक्ति कम भएको निर्दोष अवोध पशुपन्छिहरुलाईभगवानको नाममा मन्दीरमा लगेर मार्नु, काट्नुभन्ने सोच्छौ त्यस्तो होइन् । बलीको अर्थ भनेको त्याग र उपहार हो । त्यागलाई बलीको अर्थमा लानु पर्ने तर अहिले आधुनिक युगमा आएर बलिलाई पशुपन्छिको मारकाटको रुपमा लियौं । बलि शब्द कै अबमूल्यन हुन गएको जस्तो लाग्छ ।

यस्तो प्रकारको बलि प्रथा रोकिसकेपछि परिवारमा केही फरक पाउनु भयो ?साथै, यसले के–कस्ता प्रभावहरु पार्ने गर्छ, तपाईलाई के लाग्छ ?
प्रायः बली दिने काम गरिएकै हुन्छ । बली दिएन् भने हाम्रो सर्वश्व नै जाने होकि, हामीलाई कुनै रोग व्यादले सताउने होकि, हाम्रो घरमा विरामी भएर कोही मृत्युवरण नै पो गर्ने हो मि भन्ने खालको भ्रम मानिसहरुमा छ । वास्तवमा त्यो होइन् । हाम्रो पनि कूल देउता हुनुहुन्छ,त्यहाँ पहिला बोका र हाँसको बली दिने चलन थियो । हामीले पछि बली भनेको उपहार र त्याग रहेछ भनेर बुझिसकेपछि हाम्रो परिवारभित्र पनि त्यो प्रथा हट्दै गएको छ ।
अहिले बलीको रुपमा नरिवलको पूजा गर्ने चलन चलाए । कतिपयले चाँही हाम्रो धर्म,हिन्दु परम्परा अनुसार विभिन्न पूजाको माध्यमबाट भगवानलाई उपहार पनि दिनुहुन्छ । त्यसपछि हाम्रो परिवारमा त्यस्तो नराम्रो केही भएको छैन् । जबदेखि यो बली प्रथा दिन छोड्यो तबदेखि झन्झन्राम्रो हुदैँ आएको छ ।

पहिला हामी न्यून वर्गीय परिवार थियौं । अहिले मध्यम वर्गीय हुदैँ गयौं किनभने त्यो बलीको बोका, खशीको अनावश्यक खर्च पनि कटौति हुनेभयो । त्यो देखासिखीबाट पनि हामी बच्यौं र हाम्रो परिवारमा नराम्रो घटना भन्दा पनि अझ राम्रो–राम्रो कुराहरु झन बढ्दै गएको मैले अनुमान गरेको छु । मान्छेहरुले बली गरेन भने, पशुपन्छीको काटमार भने यस्तो हुन्छ, उस्तो हुन्छ भन्नु मर्खुता र भ्रम हो । यस्तो भ्रमलाई पुजारीहरुले फैलाउनु भएको छ । किनकी यति नभन्ने हो भने उहाँको कमाउने भाँडो पनि सकिन्छ । पूजारीहरुले पनि यो कुरालाई आत्मसात् गरिदिनुभयो भने राम्रो हुन्थ्यो कि ।
बली दिने भए घरको लालपूर्जा नै दिएपनि भयो भगवानलाई, आफ्नो शेयरको कागज, धन सम्पत्ति बैंकमा राख्नु सट्टा मनकामना, दक्षिणकालिमा लगेर दिए भयो नि । किन त्यो खशी बोका। उसको पनि परिवार छ, आमाबुबा हुन्छ साथै छोराछोरी हुन्छ । त्यसो भएर जनावरमाथि गर्ने नराम्रो व्यवहार अरु देशमाभन्दानेपालमा अझ बढि क्रूर छ । भारतमा पनि यो चलन थियो, महात्मा गान्धीले यो प्रथाको अन्त्य गर्नु भएको थियो ।
गडिमाईमा संसारको सबैभन्दा बढि भैँसिको पाडा र बाख्राको पाठा–पाठी ल्याएर चडाउने गर्दछन् । नेपालको भन्दा भारतको बिहारतिरको मानिसले त्यो अन्धविश्वासको पछाडि लागेर छोरा होस, सम्पत्ति नहुनेको सम्पत्ति होस भनेर त्यहाँ आएर बलि चडाउने गर्दछन् । त्यो कर्मले गर्दा नेपालको यति बद्नामी भएको छ, त्यसमा म नै अगाडी बढेर हामीले एउटा अभियान पनि चलायौ । बलिकोसट्टा १ हजार ८ नरिवल चडाऔं भनेर त्यो काम पनि भयो । प्रत्येक ४–४ वर्षमा त्यँहा मेला लाग्छ । फेरि मेला हुदैँछ, त्यसमा भारत सरकारले पनि हामीलाई सहयोग गर्यौ र नेपालीहरुले पनि धेरै सहयोग गर्नुभयो ।

त्यहाँ लाखौंको हिसाबमा बली हुन्थ्यो तर यसपालि हामीले त्यसलाई ३० हजारमा झारेका छौं । अबको पटक सकेसम्म शून्य बनाउने, नभए कम गराउने भनेर भैंसी बचाऔं, पाठा बचाऔं अभियान भनेर पनि चलाइ रहेका छौं। हाम्रो आश्रम पनि छ, नवजीवन परोपकार समाज भन्ने गंगबुमा । त्यहाँ सडकको मानवहरु पनि राख्छौं, सडकका पशुपन्छि पनि राख्छौ । हामी मान्छे भएर किन पशुपन्छिहरुको काल भन्ने उनीहरुलाई हामीले जन्माइ दिएको होईन् । उनीहरुको पनि आफ्नो आयु हुन्छ, पूरा आयु बाँचुन भनेर पनि हामी काम गरिरहेका छौं ।
तपाईहरुको यो अभियान बली दिनुहुँदैन् भन्ने मात्र हो कि काटँमारको पनि विरुद्धमा हो ?
हामी केहीको विरुद्धमा होइन् सचेतनाको कार्य कार्यक्रम गर्दछौं । मान्छेलाई थाहा नै हुदैँन् । फूलहरुको फूल कै परिवार हुन्छ, काँडाहरुको काँडा कै परिवार हुन्छ, हामी मान्छेहरुको हाम्रै परिवार हुन्छ । मान्छेको संवेदना मान्छेले नै बुझ्छ,त्यसैगरि जनावरहरुको पनि परिवार हुने भएको हुनाले उनीहरुको दुःख उनीहरुले नै बुझ्छन् । मान्छेले त्यो दुख बुझ्नै चाहादैँन्, केबल हाम्रो खानेकुरा हो मात्रै सोच्छ । त्यो खानेकुरा होईन, यो हाम्रो परिवारभित्रको सदस्य हो । यो पृथ्वी सबैको साझा घर हो, भन्ने खालको मानसिकता मानिसमा आयो भने यो सबै मेरो घरको सदस्य हो, मेरो घरको छोरा छारी, मेरै समुदायको एउटा प्राणि हो भन्ने खालको धारणा आउँछ ।
हिन्दुहरुको देश, हिन्दु भनेको हिंसा त्यागेका, हिन भावना त्यागेका मान्छेहरु नै हिन्दु हुन् । हिन्दु धर्ममा कँहीकतै पनि बली दिनुपर्छ भनेर भनिएको छैन् । कतिपय ठाँउमा, कुनै कुनै तन्त्रमा चाँही बलि गर्नुपर्छ भन्छ, पञ्च बलि भन्छ त्यो भनेको काम, क्रोध, लोभ, मोह, अहंकारहरुलाई त्याग गर्नु हो ।

त्यो ढ्ङ्गाको मूर्ति मान्छेले बनाको हो, एउटा प्रश्न छ मान्छेले भगवान बनायो कि भगवानले मान्छे?यसो हेर्दा त मन्दिर त मान्छेले बनाएको हो, त्यो मूर्ति पनि मान्छेले बनाएको हो त्यही कारणले विचार गर्दा मान्छेले पो भगवान बनाएको रहेछ । मान्छेले क्रिश्चियन, हिन्दु, बौद्ध, मुस्लिम भनेर जन्मायो सबै मान्छेले जन्माएको रहेछ । भगवान भनेको त प्रकृति रहेछ त्यही कारणले गर्दा त्यो ढुङ्गाको मूर्ति अथवा तस्बिरले त मलाई खसी, बोका, कुखुरा चाँहियो भनेर कहिले पनि भनेको सुनिदैन् ।
मार्नु धर्म भए पाप के होला ?मार्नु नै धर्म हुन्छ भने यो संसारमा पाप चाहि के हो ?बचाउनु पो धर्म हो त विशेष गरेर दशैं र अन्य चाडपर्वमा पनि हामी धेरै नेपालीहरु माछा मासु, जाँड रक्सि, चुरोट, सुर्तिहरु प्रयोग गर्छौ । त्यसले अनावश्यक खर्च पनि भइरहेका हुन्छ र विभिन्न वैज्ञानिक अनुसन्धान अनुसार माछामासु खानाले रक्तचाप, मुटुको रोग, कोलिस्टोर, हाइपर टेन्सन जस्ता रोगहरुपनिहुन्छ । त्यसकारणले हामीले पशुपन्छिहरुलाई मार्नु हुदैँन, उनीहरु पनि हाम्रो परिवार हो भन्ने किसिमको अभियानहरु अगाडि बढाइ रहेका छौं ।
पशुपन्छीलाई नै पाल्न हुँदैन् भन्ने तपाईको विचार हो ?
हो, कोही–कोहीले नेपालमा जीवनयापन गर्नको लागि गाईपालन गर्छ तर अहिले ठूला ठूला फर्म हुन्छ, त्यहाँ सय–दुई सय र सो भन्दा बढी गाईलाई पालेको हुन्छ । मान्छेलाई डोरीले बाधेर राख्यो भने कस्तो हुन्छ?जेलभित्र राखेको मान्छे कस्तो हुन्छ । त्यसै गरेर एउटा चेनमा राखेको पशुपन्छि तिनीहरुलाई त वास्तवमा चेनमा राख्ने होईननि, तर बाधेर राख्दा उसलाई एक किसिमको जेलभित्र बसेको जस्तो त भइहाल्छ ।
फर्ममा त झन सानो ठाँउ हुन्छ,उसको जीवन नै बस्नी, उठ्नी दूध दिने मात्रै हुन्छ, फेरि दूध दिने काम सकिएपछि त्यो अन्तिममा मासु भएर जान्छ । जस्तैःसबैभन्दा बढि शाकाहारी भारतमा छ भनिन्छ, भारतमा नै सबैभन्दा बढि गाई पाल्छन् र सबैभन्दा बढि गाईको मासु निर्यात हुनेपनि भारत नै हो ।

दूधमा पनि त्यस्तो छ, अनि त्यस्तोबाट आएको दूध कस्तो हुन्छ त पछि फेरि बाटोमा छोड्दिने गर्छन् । जसरी बुढो भएका आमा बुबालाई सडकमा छोड्छन् त्यसरी नै बुढो भएपछि गाईलाई बाटोमा छोड्ने गरिन्छ । नेपालमा त मार्ने चलन छैन् सडकमा छोड्ने गरिन्छ कतिपयलाई हामीले उद्धार पनि गरेका छौं । त्यो सडकमा छोडेका देखिने त १ प्रतिशत पनि होइन ९९ प्रतिशत त तस्करी हुने गर्दछ । पश्चिमबाट, काकरभिट्टा तिरबाट हजारौं गाई बाहिर जान्छ । मानवले मानिसले यदी पशुपन्छिको उत्पादन प्रयोग नगर्ने हो भने मानव आफैलाई पनि गाह्रो हुदैँन् । उनीहरुलाई माया गर्न पाइन्छ, माया गर्नुपर्छ तर उनीहरुलाई पालेर त्यसलाई दुख दिएर त्यसको उपभोग गर्नु भनेको त मानवीय पाप नै हो । संसारमा खाने कुराहरु कति छन्, २ हजार किसिमको त अन्न र फलफूल नैछन् । अन्न फलफूलले मानिसलाई स्वस्थ्य बनाउँछ ।
६. मानिसले प्रयोग नैनगर्ने हो भने पशुपन्छिहरु पाल्नुको अर्थ के रह्यो र ?पाल्दै पाल्दैन थिए होला नि ?
हो, पाल्दै पाल्दैन नपालेपछि त पनी बच्यो, अन्न बच्यो नि । मानिसले कसरी बुझ्नुपर्छ भने पशुपालन गरिएन् भने हामीले खान नपाउने होकि भन्ने पर्छ नि । मान्छेलाई त्यो १ किलो मासु उत्पादन हुन लाग्ने अन्नले ५ दिनसम्म खान पुग्छ । मान्छेले एकमुस्ट रुपमा मात्र हेर्छ, त्यसको मेहेनत कति वर्ष लाग्यो, कति महिना लाग्यो त्यो पनि हेरेको हुँदैन् । त्यो पशुपन्छीमा गर्ने मेहेनत उसले कृषिमा गर्ने हो भने अथवा अन्य कुनै काममा गर्ने हो भने तपाईको देख्दा चाँही पशुले पैसा दियो कि जस्तो देखियो । तर, वास्तवमा त्यो समयको लगानी, आफ्नो मेहेनत, अन्नको लगानी र पानीको लगानि हेर्दा वास्तवमा त्यो पशुपालन भन्दा कृषिले नै मानिसलाई सहज हुन्छ ।
७. कृषिको कुरा गरिरहँदा राम्रो उत्पादन गर्नको लागि मल पनि आवश्यक हुन्छ, त्यसको लागि पनि त पशुपन्छीको आवश्यकता रहन्छ ?
मलको लागि के छ भने एउटा पशुजन्य मल र एउटा युरिया मल प्रयोग गर्ने चलन थियो । तर, त्यसमा मिथेन भन्ने ग्याँस हुन्छ, त्यो ग्याँस संसारभरि भएको कलकारखानाबाट आउने धुँवा, गाडिबाट आउने धुँवाहरु त्योभन्दा बढि मिथेन ग्याँस, त्यो भन्दा बढि अक्सिजनलाई दूषित बनाउने ग्याँस पशुपन्छिको गोबर र पिसाबबाट आउँछ । त्यो मान्छेले महशुस गर्नपर्छ ।
८. राम्रो अन्न उत्पादन गर्न पशु मल एकदम राम्रो भन्छन्, के हो त ?

जैविक मललाई मानिसले पशुजन्य मल भन्ने सोचेको छ, त्यो पशुजन्य मल होइन । जैविक मल भनेको रुखले उसको पातहरु हुन्छ, उसको फलहरु हुन्छ त्यो आफै झर्छ । त्यसपछि कुहिएर मल बन्छ । रुखको पात, फलहरु झरेर कुहिँएर जैविक मलको काम गर्छ ।
९. पशु मलअन्न उत्पादनको लागि आवश्यक छैन् तपाईको विचारमा ?
आवश्यक छैन्, त्यसले त मिथेन ग्याँस उत्पादन गर्छ । पशुको मल नहालिकन उत्पादन नहुने भएर मात्र हालेको हो त्यसलाई विस्तारै कम गर्दै जानुपर्छ । धानको विषय हेर्दा जमिनलाई मलिलो बनाउने काम चाहि त्यो धानको जराले नै गर्छ । हामीले माथिको बाला मात्रै टिप्ने हो त्यसको जरा त माटो मै हुन्छ त्यसले पनि मलको काम गर्ने गर्दछ ।
१०. अन्त्यमा, पशु हत्याहरु बन्द गर्न तपाईहरुको अभियान त जारी नै छ तर, सरकारको तर्फबाट के गर्दियोस् जस्तो लाग्छ त ?
हामीभन्दा अग्रजहरुले अब आउने पुस्ताहरुले यो कामलाई अगाडि बढाउनु नै हुन्छ होला । अब सरकारले पशु विकास मन्त्रालय बनाएको छ तर हाम्रो चाहाना भनेको पशु कल्याण मन्त्रालय होस भन्ने हो । त्यसले पशुलाई उत्पादन गरेर ठूलो बनाएर एउटा घरको परिवार जस्तो छोरा छोरिलाई हुर्काएर बढाएर उनीहरुलाई त कसैले पनि मार्दैन । राम्रो होस म भन्दा ठूलो मान्छे होस भन्ने चाहाना बुबाआमाको हुन्छ ।तर पशुपन्छिलाई सानोमा कति माया गरेर पालेर राखेको हुन्छ ठूलो बनाएपछि त त्यसलाई मारेर काटेर खाइदिन्छ घरको बच्चाहरुलाई कस्तो लाग्छ होला, उनीहरुलाई माया गरेपछि त मार्नु पर्ने रैछ भन्ने जस्तो लागि रहेको हुन्छ ।

त्यस्तो खालको समुदाय, त्यस्तो खालको मानिसको समुदाय सरकारमा छ, त्यो सरकारको मानिसले चाहि हाम्रो बुझ्न पर्ने कुरा प्राणिहितको कुरा मानवताको कुरा बुझेकै छैन । त्यस्तो बुझ्ने मान्छेहरु राजनीतिमा जानुपर्यो, मानवता भनेकै प्राणी कल्याण पनि हो भन्ने मानिसहरुको समूह नियम नीति बनाउने स्थानमा पुग्यो भनेउनीहरुले बुझेर हामीले यो जनावरहरु प्रति गर्नुपर्ने व्यवहारहरु परिवर्तन गर्नुपर्छ भन्ने खालको नीति नियम सरकारले लागू गर्दियो भने देश पनि शान्त हुन्छ, समाज पनि शान्त हुन्छ त्यस्तो खालको मानिस सरकारमा चाहिन्छ ।।

 


क्याटेगोरी : समाचार
ट्याग : #शाकाहारी अभियन्ता राधे खड्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Drizzle
5:18 am7:01 pm +0545