नदी संरक्षण मिशनमा टोखाका जनप्रतिनिधि ,दशैंपछि खोलाका अनाधिकृत संरचना भत्काइने
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसंग रेखांकन गर्न माग

काठमाडौं । टोखा नगरपालिकाले सुरु गरेको अनधिकृत संरचनामाथि डोजर चलाउने अभियान जारी छ । नगरपालिकाले अनधिकृत संरचना हटाउन भनेर ३५ दिने सूचना समेत निकालेको थियो तर सम्बन्धित घरधनीले अटेर गरेपछि डोजर लगेर भत्काउने तयारी टोखा नगरपालिकाको छ ।
शुरुमा नगरपालिका भित्र रहेको मनोहर खोला , महादेव खोला , बिष्णुमती खोला , साङ्गलेखोला करीडोरमा अनाधिकृतरुपमा बनेका घर टहरा हटाउने भएको छ । यसका लागी बुधकार टोखाका जनप्रतिनिधि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धव तिमिल्सिनासंग भेट गरेका छन ।
भेटमा सो नदीहरुको नापँ , सीमान्कंन , रेखाकंन , नाप जाचँ र नदी संरक्षणका लागी बागमती सभ्यता एकीकृत विकास समितिका तर्फबाट आबश्यक आर्थीक , प्राबिधिक सहयोगका लागी अनुरोध गरिएको बताइएको छ ।
भेटमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धब तिमिल्सिनाले टोखा नगरपालिकासंगको सहकार्यमा आफूहरुको दायीत्व अनुसार टोखाभित्रका नदीहरुको संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुहुँदै दशै लगतै नदी नापँ जाचँका लागी प्राबिधिक टोली पठाउने प्रबितद्धता ब्यक्त गर्नुभएको छ ।
बागमती सभ्यता एकीकृत विकास समितिका तर्फबाट हुनसक्ने आबश्यक बजेट लगायतका सहयोग हुने अध्यक्ष तिमिल्सिनाको भनाई छ ।
भेटघाट कार्यक्रममा टोखा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश खत्री , वडा नं १० का वडा अध्यक्ष रामभक्त घिमिरे ,वडा नं ११ का वडा अध्यक्ष घनश्याम खड्का , वडा सदस्य महेश थपलिया लगायतको उपस्थीती रहेको थियो ।
टोखा बढ्दो शहरीकरण उन्मुख रहेको छ , जसका कारण खोला नदीसंगै सार्बजनीक जग्गा मिच्चेक्रम बढ्दो छ । तसर्थ सार्बजनीक नग्गा संरक्षण आजको मुख्य चुनौती रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नदी संरक्षण मिशनमा टोखाका जनप्रतिनिधि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्