Techie IT
बिहीबार, साउन १०,२०८१

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक


हेटौंडा, १३ असोज । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।

उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान काठमाडौंमा निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् ।

चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेका छन् भने मुख्यमन्त्री पाण्डे पनि हेटौंडाबाट काठमाडौं हिँडेका छन् । दुबै नेताहरु काठमाण्डौं आइपुगेपछि आजै पशुपतिस्थित आर्यघाटमा मनमायाको अन्तिम संस्कार गरिने जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र प्रसाद पाण्डे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:23 am6:57 pm +0545