Techie IT
मंगलबार, साउन १,२०८१

सुनसरीमा चट्याङ लागेर दुईजनाको मृत्यु


सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रितादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चट्याङमा परेर रितादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । रासस


क्याटेगोरी : समाचार
ट्याग : #सुनसरीमा चट्याङ लागेर दुईजनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Mostly Cloudy
5:18 am7:01 pm +0545