Techie IT
शनिबार, असार ३०,२०८१

तारकेश्वरमा मेयर बालेन्द्र शाह ,पाँचमाने अधेरीखोला लगायतका खानेपानी मुहान अवलोकन


तारकेश्वर काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तारकेश्वर नगरपालिका अवलोकन गरेका छन । महानगर नगरपालिका साझेदारी कार्यक्रम अन्र्तगत तारकेश्वर नगरपालिकामा खानेपानी परीयोजना अनुरुप पाँचमाने अधेरीखोला, भण्डारे, बौडे, अल्ले लगायतका खानेपानी मुहान अवलोकन गरेका हुन ।

मेयर बालेन्द्र शाहा संगै काठमाडौ उपत्यका खानेपानी लिमिटेडका ईन्जिनियर , तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन , उप प्रमुख र्सर्जना बुर्लकोटी वडा अध्यक्ष कर्मचारी , जनप्रतिनिधि र स्थानियहरुको सहभागीता रहेको थियो ।

प्लटीङ्ग र अब्यवस्थीत शहरीकरणका कारण तारकेश्वरका सीमसार क्षेत्र मासीदै गएपछि नयाँ मुहान खोजी गरीएको हो ।

पानी मुहान अवलोकन पछि तारकेश्वरको नगर प्रशान अवलोकनका क्रममा मेयर बालेनले तारकेश्वरको समस्यामा काठमाडौं महानगरपालिकाले सकदो सहयोग गर्ने बताउनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वरमा मेयर बालेन्द्र शाह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
5:16 am7:02 pm +0545