Techie IT
मंगलबार, असार ३,२०८२

काभ्रे र कैलालीमा डुबेर २ जनाको मृत्यु


काठमाडौं । काभ्रे र कैलालीमा डुबेर २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजन लामिछाने र कैलालीको जोशीपुर गाउँपालिका–१ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुल रहेका छन् ।
लामिछानेको पुण्यमाता खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको हो । काठको पुलबाट खोला तर्ने क्रममा चिप्ली खस्दा डुबेर गम्भीर घाइते भएका उनको सिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।
८ वर्षीय तेज भुलको घैला खोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #काभ्रे र कैलालीमा डुबेर २ जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:06 am7:02 pm +0545