Techie IT
बुधबार, वैशाख २,२०८३

सरकारलाई कर्मचारी सरुवा नगर्न निर्वाचन आयोगको निर्देशन


ठमाडौं, ६ असोज । निर्वाचन आयोगले कर्मचारीहरुको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले असोज ६ गते (आज) देखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो ।

असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।

हेर्नुहोस् निर्देशनात्मक प्रेस विज्ञप्ति–


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #र्मचारी सरुवा नगर्न निर्वाचन आयोगको निर्देशन


तपाईको कमेन्ट लेख्नुहोस्