पश्चिम नवलपरासीमा डिएसपी आतंक

काठमाडौं । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका इन्चार्ज प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेल अहिले बिदामा छन् । एसपी बिदामा भएको मौकामा निमित्त इन्चार्जको जिम्मेवारीमा रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले आतंक मच्चाएका छन् ।
एसपी कँडेल बिदामा हुँदा निमित्तको जिम्मेवारीमा छन्, डिएसपी भोजराज पाण्डे । पाण्डेले मातहतका युनिटसँग पैसा माग्ने र रकम नबुझाउनेलाई दुःख दिने गरेको गुनासो माथिल्लो निकायसम्म पुगेको छ ।
पाण्डेले नाकामा रहेका युनिट रामनगर, पथपेडा, बसिया, भुजवा, गेर्मु, अमिनीजङ्ग र चनै लगायतका चौकी इन्चार्जलाई हैरानी दिने गरेका हुन् ।
‘उँहाले पैसा माग्नुहुन्छ’ एकजना प्रहरी कर्मचारीले भने–‘पैसा नदिए चेन्ज गर्छु भन्नुहुन्छ ।’
यसबारे सम्पर्क गर्दा डिएसपी पाण्डेले आफुले राम्रो काम गर्न निर्देशन गरेको जिकिर गरेका छन् । डिएसपी पाण्डेले भने–‘मैले राम्रो काम गर्न ब्रिफिङ गरेको छु ।’ डीएसपी पाण्डेको जागिर समय करिब १ बर्ष जति बाकी छ। घर जाने मौका छोपेर पाण्डे कमाउनतिर लागेका स्रोत बताउछ।
क्याटेगोरी : समाचार
ट्याग : #पश्चिम नवलपरासीमा डिएसपी आतंक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्