तनहुँ सेतीले तोड्यो सिएमसीसँगको ठेक्का

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले इटालीको ठेकेदार सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ ।
तोकिएको समयमा ठेकेदार काम गर्न नआएपछि आयोजनाले ठेक्का सम्झौता तोडेको हो । “हो हामीले ठेक्का सम्झौता तोडिएको भनेर सिएमसीलाई आज पत्राचार गरेका छौँ,” प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले भन्नुभयो, “तोकिएको समयमा ठेकेदार नआएपछि हामीले ठेक्का सम्झौता तोडिएको पत्र पठाएका हौँ ।”
कूल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि कम्पनीले गत असोज १५ गते निर्माण व्यवसायी छनोट गरेको थियो । आयोजनाको नदी फर्काउने, बाँध लगायतका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको थियो ।
आयोजनाले ठेकेदार कम्पनीसँग रु २० अर्ब ६४ करोड ५२ लाखमा खरीद सम्झौता गरेको थियो । सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि नयाँ प्रक्रियाबाट ठेकेदार छनोटको काम अगाडि बढ्ने प्रबन्ध सञ्चालक थिकेले जानकारी दिनुभयो ।
लगानीकर्ता एशियाली विकास बैंक र युरोपियन इन्भेस्ट बैंक लगायतका निकायसँग आवश्यक छलफल र परामर्शपछि उपयुक्त निर्णय लिइने उहाँको भनाइ छ । सिएमसीले रु एक अर्ब ९७ करोड धरौटी राखेको थियो । कार्यसम्पादन करार सम्झौताबमोजिम जमानत जफत गर्ने प्रक्रियासमेत अगाडि बढ्ने बताइएको छ । ठेक्का सम्झौता तोडिएपछि आयोजनाको काम थप एक वर्ष ढिला हुने देखिएको छ ।
“हामी अहिल्यै यत्ति नै ढिला हुन्छ भनेर भन्ने अवस्थामा छैनौँ, छलफलपछि मात्रै के कति समय थप हुन्छ सो बारेमा निर्णय हुन्छ । हामी छलफलमा नै छौँ,” प्रबन्ध सञ्चालक थिकेले भन्नुभयो ।
आयोजनाले गत साउन ७ गते बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको थियो । दुवै कम्पनीले साउन ८ गते पत्र बुझेका थिए । पत्र बुझेको २८ दिनभित्र कम्पनीले कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि उपस्थित भएका थिए । खरीद सम्झौता भएको दुई महीनापछि निर्माण शुरु गर्ने र सम्पूर्ण निर्माण डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखिएको थियो । आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तनहुँ सेती
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्