प्रजातन्त्रलाई जनमुखी गराउनु आवश्यकः अध्यक्ष तिमिल्सिना
७ फागुन, काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले दिवसका अवसरमा आज शुभकामना सन्देश वक्तव्य जारी गर्दै प्रजातन्त्रको लाभ आम नागरिकले प्राप्त गर्नसक्ने वातावरण सृजना गर्दै प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एवम् समावेशी गराउन सबैले आफ्नो ठाउँबाट योगदान गर्न आह्वानसमेत गर्नुभएको छ ।
संविधानको मर्मअनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सरकारले लिएको दीर्घकालीन लक्ष्य समृद्ध नेपाल, सुखी नेपालीलाई साकार पार्न समावेशी लोकतन्त्रमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
‘प्रजातन्त्रका मुलभूत मान्यताहरु कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार जस्ता विशेषताहरुको संवद्र्धन, प्रवद्र्धन एवम् विकास गर्दै समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्नु जरुरी देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गणेशप्रसाद तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्