नुवाकोट पुननिर्माण कसरी ?

रामेश्वर ढकाल
विगत आधा शताब्दि देखी भत्कन थालेको नुवाकोट दरवार क्षेत्र 2072 को महाभुकम्पले खन्डहर नै वनाइसकेको हामि सबैलाई अवगत नै छ।
नुवाकोट दरवार क्षेत्रको ऐतिहासिक महत्वको सिन्दुरे जात्रालाई यो वर्ष देखी विशेषरूपले सम्पन्न गर्ने सोच अगाडि सारिएको छ। नुवाकोट दरवार क्षेत्र तिन नम्वर प्रदेसमा उपत्यका जतिकै इतिहास बोकेको स्थलको रूपमा देशब्यापी प्रचार प्रसार गर्नु पर्ने छ। नुवाकोट दरवार क्षेत्र सास्कृतिक रूपले पनि उपत्यका जतिकै धनि छ।
नुवाकोटको सिन्दुरे जात्रा काठमाडौ उपत्यकामा मनाइने इन्द्रजात्रा, विस्केट जात्रा, मछिन्द्रनाथको रथ यात्रा जतिकै हाराहारीको इतिहास बोकेको जात्रा हो।
काठमान्डौ उपत्यकामा मनाइने यी जात्राहरूमा इतिहासका राष्ट्र प्रमूख तथा सरकार प्रमुखको उपस्थित हुने जुन परम्परा सुरू गरिएको थियो आज पनि यो परम्पराले निरन्तरता पाइरहेको छ। नुवाकोटको सिन्दुरे जात्रा पनि मल्लकालभरि राष्ट्रप्रमुखकै उपस्थितीमा मनाइने गरिएको इतिहासिक तथ्यहरू छन। पृथ्वीनारायण शाहको पालामा राजा स्वंयको उपस्थितीमा सिन्दुरेजात्रा सम्पन्न भएको ऐतिहासिक प्रमाणहरू छन।
नुवाकोटको सिन्दुरेजात्रामा राष्ट्रप्रमुख तथा सरकार प्रमुखको उपस्थिती हुने परम्परा तोडिएको झन्डै दुइ सय छयालिस बर्षको हाराहारी पुगीसकेको ऐतिहासिक तथ्य भेटिन्छ। काठमान्डौ उपत्यकामा मनाइने इन्द्रजात्रा, मछिन्द्रनाथको रथजात्रा तथा विस्केट जात्राहरूमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखको उपस्थिती हुने परम्पराको निरन्तरता जस्तै नुवाकोटको सिन्दुरेजात्रा राज्य तथा सरकार प्रमुखको उपस्थितीमा मनाइने ऐतिहासिक परम्परालाई ब्युताउनु आवस्यक देखिन्छ।
काठमान्डौ उपत्यकामा मनाइने सास्कृतिक पर्वहरू लगभग सबै पर्वहरू नुवाकोट दरवार क्षेत्र भित्र देख्न सकिन्छ। यि पर्वहरू मध्ये सबभन्दा महत्वपुर्ण पर्व सिन्दुरेजात्रा पर्व हो। यो पर्वलाई राज्यले विशेष महत्व दिएर संरक्षण गर्नु पर्ने आवस्यकता महसुस भएको छ। इतिहासमा यो पर्व सम्पन्न गर्न ब्यबस्था गरिएका भूमिको उत्पादनले यो पर्व अव थेग्न सकिदैन। राज्यले भूमिमा ध्दैध स्वामित्व अन्त गर्ने भन्दै लादिएको गुठी भूमि सूधार कार्यक्रमले सांस्कृतिक पर्वहरूको संन्चालनमा झन कठीनता थप्ने काम ग-यो। आजको सांस्कृतिक पर्वहरू हिजोको भूमिको उत्पादनमा आधारित संरचनाले संन्चालन गर्न संभव छैन।
नुवाकोटको सिन्दुरेजात्रा मार्फत हामि नुवाकोटलाई तिन नम्वर प्रदेसकै सांस्कृतिक राजधानी धोषणा गर्ने अभियान संचालन गर्दै छौ। यो बर्षको सिन्दुरेजात्रा सुरू हुन आजवाट ठ्याक्कै दुई महिना बाकी छ। 2076 वैशाख 5 गते नुवाकोट दरवार क्षेत्रमा सिन्दुरे जात्रा सुरू भइ वैशाख 8 गते सम्पन्न हुदैछ। यो चार दिन” नुवाकोट सान्दुरे जात्रा महोत्सब 2076″ को रूपमा सिन्दुरे जात्रा मनाउने अवधारणा अगाडि सारिएको छ।
देसब्यापी रूपमा नुवाकोट सिन्दुरे जात्राको प्रचार प्रसार गर्ने र सिन्दुरेजात्राको मूख्यदिन बैशाख 8 गते प्रदेस सरकार प्रमुख तथा प्रदेस मन्त्रिपरिषदको समुपस्थितीमा सिन्दुरेजात्रा सम्पन्न गर्ने अवधारणा अगाडि सारियको छ। साथै गत बर्ष झै यो वर्ष पनि प्रदेस सभामुख, उपसभामुख,प्रदेस सभासद , नुवाकोट जिल्ला समन्वय परिषद प्रमुख, विदुर नगर प्रमुख, नुवाकोट जिल्लाको स्थानिय सरकार प्रमुख तथा काठमाडौ उपत्यका भित्रका महानगरपालिक,उपमहानगरपालिका, नगरपालिका प्रमुखहरू सबैलाई नुवाकोट सिन्दुरे जात्रा अवलोकनको लागी निमन्त्रणा गरि सहभागी गराउने सोच अगाडि सारिएको छ।
आजवाट “एेतिहासिक नुवाकोट सिन्दुरेजात्रा महोत्सब २०७६ ” को सचिवालयले नुवाकोट र काठमाडौमा कार्य प्रारम्भ गरेको छ। यो अभियानमा जोडिन चाहने सबैलाई हार्दिक अनुरोध छ ।
आयोजक
नुवाकोट सरोकार समाज
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्