आफूहरुलाई थप पीडा दिने गरी संचालित वालुवा वासिङ तथा क्रसर बन्द गराउन जुरे पहिरोपीडितको आग्रह

जुरे । जुरे पहिरोमा संचालन हुन लागेकोे वालुवा वासिङ एवं क्रसर उद्योग बन्द गरिपाउँ भनी जुरे पहिरो पीडितहरुले आग्रह गरेका छन् । जुरे पहिरोले पुरेको आफ्नो जग्गामा आफूहरुलाई थाहा नै नदिई वासिङ एवं क्रसर उद्योग संचालन गर्दा आफूहरुमाथि थप पीडा हुने भन्दै उक्त उद्योग बन्द गरिपाउँ भनि जुरे पहिरो पीडितहरुले आग्रह गरेका हुन् ।
आफ्नो जग्गाधनी प्रमाणपुर्जा भएको जग्गामा आफूहरुलाई थाहा नै नदिई सीमित व्यापारीहरुले वालुवा वासिङ एवं क्रसर उद्योग संचालन गर्न लागेको भन्ने थाहा पाएपछि जुरे पहिरो पीडितहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, जिल्ला मालपोत कार्यालय, बाह्रबिसे नगरपालिका, जिल्ला वन कार्यालय, जिल्ला समन्वय समिति, मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ३ हेटौडामा निवेदन दिएका छन् ।
जुरे पहिरोमाथि वालुवा वासिङ एवं क्रसर उद्योग संचालन गर्दा पहिरोमा पुरिएका लासहरु निस्किएर पीडित परिवार तथा आफन्तमा गम्भीर असर पर्नसक्ने, खोलाको बहाव परिवर्तन भै आसपासका बस्तीहरु थप जोखिममा पर्न सक्ने र अरनिको राजमार्ग अवरुद्ध हुनसक्ने भनेका छन् ।
त्यति मात्रै होइन पहिरोले पुरेको आफ्नो जग्गामा वालुवा वासिङ एवं क्रसर उद्योग संचालन गर्ने अनुमति दिएर बाह्रबिसे नगरपालिका र घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोकले थप पीडा दिएको उनीहरुको भनाइ छ ।
जुरे पहिरो पीडितले विभिन्न ठाउँमा दिएको निवेदनमा भनेका छन् “बाह्रबिसे नगरपालिका वडा नं. ९ र बाह्रबिसे नगरपालिका कार्यालयबाट बगरमा बालुवा गिटी उत्खनन् गरी बिक्री गर्न र पहिरो माथि वालुवा वासिङ तथा क्रशर मेशिन सञ्चालन गर्न केही व्यक्तिहरुलाई अनुमति दिएको भन्ने बुझिन आएकोले हामी पहिरो पीडितहरुमाथि अन्याय भएको व्यहोरा निवेदन गर्दछौं ।
वडा तथा बाह्रबिसे नगरपालिकाले वालुवा उत्खनन गर्न र वालुवा वासिङ तथा क्रशर सञ्चालन गर्न सो वालुवा वासिङ एवं क्रसर राख्न दिएको जग्गा हामी जुरेपहिरो पीडितहरुको जग्गाधनी दर्ता प्रमाण प्रमाणपूर्जा रहेको, हाम्रो स्वामित्वको नम्बरी जग्गा रहेको र उक्त स्थानमा हामी पीडितहरुको सहमति तथा स्वीकृति समेत नलिई, थाहा जानकारी समेत नदिई एक्कासि उक्त वडा तथा नगरपालिका कार्यालयबाट अनुमति दिँदा स्थानीय सरकार ऐन २०७४ले प्रदान गरेको वडा तथा नगरपालिकाको काम, कर्तव्य, र अधिकारको विपरीत हुने कार्य गरेको व्यहोरा जाहेर गर्दछौं ।
जुरे पहिरोमा नदीजन्य पदार्थहरु उत्खनन गर्दा पहिरोमा पुरिएको लासहरु निस्किएर पीडित परिवारजनमा मानवीय संवेदनामा
गम्भीर असर पर्नसक्ने, खोलाको बहाव परिवर्तन भै आसपासका बस्तीहरु थप जोखिममा पर्न सक्ने र अरनिको राजमार्ग अवरुद्ध हुनसक्ने देखिन्छ ।
अतः हामी निवेदकहरु प्राकृतिक प्रकोपले पीडितहरुको नाममा रहेको जग्गाधनी प्रमाणपूर्जामा उल्लेखित कित्ता जग्गाहरु गैरकानुनी रुपले हडप्ने र निहित स्वार्थ भएका सीमित व्यापरीहरुको पक्षपोषण हुने गरि वालुवा, गिटी उत्खनन गरि बिक्री वितरण गर्न र पहिरोमाथि बालुवा वासिङ तथा क्रसर मेसिन सञ्चालन गर्न दिने वडा तथा बाह्रबिसे नगरपालिका कार्यालयको कार्य गैरकानुनी हुनुका साथै हामी पीडितहरुको सम्पति माथिको संबैधानिक तथा कानूनी हकअधिकारमा गैरकानूनी रुपले धावा बोल्ने कार्यले बाढीपहिरो भूकम्पले पु¥याएको क्षति भन्दा बढी क्षति भएको महशुस गर्दै प्रस्तुत निवेदन दायर गरेका छौं ।
वडा कार्यालय, बाह्रबिसे नगरपालिका तथा व्यावसाय दर्ता गर्ने जिल्ला घरेलु तथा साना उद्योग विकास समिति कार्यालयले हामी पीडित निवेदकहरुको सल्लाह सहमति बेगर प्रदान गरेको वालुवा, गिटी उत्खनन गरि बिक्री वितरण गर्न र पहिरोमाथि वालुवा वासिङ तथा क्रसर मेशिन सञ्चालन गर्ने कार्य तत्काल रोकी उक्त स्थानमा त्यस प्रकारका कुनै पनि उद्योग व्यावसाय नगर्न नगराउन उपयुक्त निर्देशन गरी पीडितहरुको सम्पत्ति सुरक्षाको साथै थप जोखिमबाट जोगाउने व्यवस्था गरिदिनुहुन सादर निवेदन गर्दछौं ।” भनेका छन् ।
निवेदन दिएका कार्यालयहरु मध्ये घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोकले सत्य तथ्य पत्ता लगाई आवश्यक कारबाही गर्न भन्दै बाह्रबिसे नगरपालिकालाई पत्र लेखेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भने त्याहाको अवस्था बुझ्न प्रहरीलाई निर्देशन दिएको र प्रहरीले बालुवा वासिङ तथा क्रसर मेसिन सञ्चालन गर्नको लागि स्थानीयले सहमति दिएको रिर्पोट ल्याएको कुरा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताए ।
जुरे पहिरो पीडितले पहिरोले पुरेको जग्गाको गिटी वालुवा उत्खनन गर्न नदिने हो भने ठेक्का लगाउने स्थानीय तहसँग कुरा गर्नपर्ने पनि प्रजिअ अधिकारीको कुरा थियो । बालुवा वासिङ तथा क्रसर मेसिन सञ्चालन गर्नेले किर्ते गरेर नक्कली सहमति बनाएको हो भनेपनि सोही अनुसार उजुर गर्न जुरे पहिरो पीडितलाई आग्रह गरेका छन् ।
जुरे पहिरो पीडितहरुले अहिलेसम्म कुनै किसिमको राहत सम्म पाएका छैनन् । उनीहरुको नाममा जम्मा भएको रकम समेत जिल्ला दैवीप्रकोप तथा उद्दार समितिको खातामा ४ वर्षदेखि जम्मा भएर बसेको छ । उक्त जुरे पहिरोले ४०–४५ सुनकोशी नदिमा मिसाएको थियो भने जुरे गाउँ पुरै डुबाएको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्