प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ

भद्रपुर, झापा । झापामा प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले झापा बिर्तामोड–४ को भित्री सडकखण्डमा बिर्ता बजारबाट बुट्टा बारीतर्फ जाँदै गरेको मे.१ ह.२९२१ नं. को अटोलाई चेकजाँच गर्दा अटोचालक सुनसरी घर भई हाल बिर्तामोड ४ मा बस्दै आएका ४० वर्षीय उमेश चौधरीको साथबाट ४ ग्राम २० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला पारेपछि नियन्त्रणमा लिएको हो ।
सोधपुछका क्रममा चौधरीले सिराहा अमरुवा गाउँपालिका ५ घर भई हाल विर्तामोड ३ बिर्ता बजारमा डेरा गरी बस्ने २७ वर्षीय प्रतीक्षा चौधरीसमेत संलग्न रहेको बताएपछि खोजतलास गर्दा उनको कोठाबाट समेत ५ ग्राम ब्राउन सुगर फेला पारेको र अनितालाई पनि पक्राउ गरिएको प्रहरी जनाएको छ ।
अटोसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #प्रतिबन्धित लागु औषधसहित २२ जना पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्