अमेरिकी सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँग भेट गर्दै
काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन् ।
हिजो नेपाल भ्रमणमा आएका उनले आज प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. खड्कासँग भेट गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । सहायक विदेशमन्त्री लु काठमाडौँमा हुने एक अवार्ड वितरण कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।
एमसीसी पारित हुनुअघि गत मंसिरमा नेपाल भ्रमणमा आएका उनले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने दूतावासले जनाएको छ ।
साथै उनले दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु, #डोनाल्ड लु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्