Techie IT
सोमबार, वैशाख २९,२०८२

नेपालमा गत ४ वर्षमा १२० बाघ थपिए


काठमाडौं । नेपालमा गत ४ वर्षमा १२० बाघ थपिएका छन् । यससँग अब नेपालमा बाघको संख्या ३५५ पुगेको छ ।

विश्व बाघ दिवसको अवसर पारेर सार्वजनिक तथ्यांकअनुसार बाघको संख्या उल्लेख्य मात्रामा बढेको हो ।

सन् २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ । सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ छन् ।

त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा छन् । पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपालमा गत ४ वर्षमा १२० बाघ थपिए, #बाघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:14 am6:45 pm +0545