काठमाडौं महानगरले साढे एक करोडमा ‘यम बुद्ध’ पार्क बनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे एक करोड खर्चेर र्यापर ‘यम बुद्ध’ को नाममा पार्क बनाउने भएको छ।
र्यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका(१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
उनका अनुसार नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया थालिएको हो।
‘नयाँबजारको जग्गामा पार्क बनाउने निर्णय गरिएको हो,’ मानन्धरले भने, ‘ त्यहाँ सात रोपनी क्षेत्रफलको जग्गा छ। त्यो सबै क्षेत्रफलमा पार्क बन्छ वा बन्दैन, टुंगो लागेको छैन।’
प्रवक्ता मानन्धरका अनुसार उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
यम बुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने मानन्धरले बताए।
‘अरू पार्कमा जे(जति सुविधा हुन्छ, यो पार्कमा पनि हुन्छ,’ उनले भने, ‘अहिले बच्चाहरू खेल्नका लागि स्केटिङ पार्क पनि बनाउने योजना छ। अरू त सबै पार्कमा हुने कुरा भइहाल्छन्।’
यसअघि यम बुद्धको शालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो। उक्त निर्णयले महानगर विवादित समेत बनेको थियो। पछि मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका थिए।
अहिले बजेटमा थप्ने क्रममा नयाँ कार्यक्रम राखी उक्त कुरा थपेर बजेट ल्याएइको उनले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं महानगर, #काठमाडौं महानगरले साढे एक करोड खर्चेमा ‘यम बुद्ध’ पार्क बनाउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्