बुधबार नेप्सेमा दोहोरो अंकको ‘कमब्याक’

काठमाडौं । मंगलबार उच्च अंकले घटेको सेयर बजार नेप्सेमा बुधबार दोहोरो अंकको ‘कमब्याक’ भएको छ । बुधबार २३.८३ अंकले बढेको बजार २१११.९९ बिन्दुमा पुगेर रोकियो ।
व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा पनि सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाए । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ वटा कारोबारबाट ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच भएको छ । यसबाट ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार जानकी फाइनान्स, यूनाइटेड मोदी हाइड्रो र राष्ट्रउत्थान लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेष्डो लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, यूनिभर्सल पावर, यूनियन हाइड्रोपावरसमेत धेरै बढ्ने कम्पनीमा रहे । डिभेन्चरहरुको मूल्य भने धेरैको घटेको छ । बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेप्सेमा बुधबार दोहोरो अंकको ‘कमब्याक’, #सेयर बजार नेप्से
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्