जिफण्टको अध्यक्षमा विनोद श्रेष्ठ निर्वाचित

काठमाडौं । नेकपा (एमाले) को जनसंगठन नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को आठौं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको छ ।
महाधिवेशनबाट अध्यक्षमा विनोद श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ ।
राजधानीमा सोमबार सम्पन्न महाधिवेशनले उहाँलाई अध्यक्षमा सर्वसम्मत रूपमा पुनः निर्वाचित गरेको हो । श्रेष्ठ नेकपा (एमाले) को केन्द्रीय सदस्य हुनुहुन्छ ।
महाधिवेशनले ५७ सदस्यीय राष्ट्रिय समितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत निर्वाचित गरेको छ ।
नयाँ कार्य समितिका सात उपाध्यक्षमा रमेश वडाल, विदुर कार्की, जितेन्द्र श्रेष्ठ, कमल गौतम, मञ्जु थापा, सीता लामा र जनक चौधरी हुनुहुन्छ ।
महासचिवमा लक्ष्मण शर्मा निर्वाचित हुनुभएको छ भने उपमहासचिवमा नरनाथ लुइँटेल र कमला तामाङ रहनुभएको छ । त्यस्तै, सात जना सचिवमा स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, कृष्णबहादुर केसी, हरि कार्की, बेलीमाया घले, विजया खड्का र तारानिधि पन्त निर्वाचित हुनुभएको छ ।
महाधिवेशनले जिफण्टका पूर्व अध्यक्ष विष्णु रिमाललाई संरक्षक चयन गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही साउन ७ गते ललितपुरको गोदावरीमा महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । महाधिवेशनको बन्द सत्रमा महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो । उपमहासचिव तथा जिफण्टका पूर्व अध्यक्ष विष्णु रिमाल अध्यक्ष रहनुभएकोे अध्यक्ष मण्डलले महाधिवेशनको बन्दसत्रका सबै प्रक्रिया सम्पन्न गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल ट्रेड युनियन महासंघ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्