काठमाडौंमा थुप्रिन थाल्यो फोहर

काठमाडौंमा। फोहरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ शुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेको छ ।
नगरपालिकाले फोहर राख्न फरक(फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ । कालो झोलामा कुहिने, रातोमा सिसा र सिसाजन्य फोहर, हरियोमा प्लाष्टिकजन्य फोहर, सेतोमा कागजजन्य, नीलोमा फलाम तथा फलामजन्य र पहेँलो झोलामा स्यानेटरी प्याड, डाइपरलगायतका फोहर व्यवस्थापन गर्ते तालिका नगरपालिकाले यही साउन ३ गते सार्वजनिक गरिसकेको छ ।
चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले फोहरको दिगो व्यवस्थापनका लागि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ शुरुआत गरेको जानकारी दिए । यो अवधारणाले स्थानीयस्तरमा उत्पादन भएका फोहरलाई सकेसम्म स्थानीय स्तरमै व्यवस्थापन गर्न सहजीकरण गर्ने उनले बताए । ‘साउन महिनाभरि नगवासीले बानी पार्नेछन् र यस समयमा दण्ड जरिवाना गरिँदैन, अगामी भदौ १ गतेदेखि अनिवार्यरूपमा सार्वजनिक तालिकाअनुसार व्यवस्थापनको काम नभए कारबाहीस्वरुप जरिवाना गर्ने तयारी नगरपालिकाको छ’, उनले भने ।
पछिल्लो समय काठमाडौँ उपत्यकाको फोहर व्यवस्थानको काम पेचिलो बन्दै गएपछि नगरपालिकाले उक्त अभ्यासलाई कार्यान्वयनमा उतारेको हो । सकेसम्म उत्पादन भएको स्थानमा फोहरको व्यवस्थापन गर्ने नगरपालिकाको नीति रहेको देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंमा फेरि थुप्रिन थाल्यो फोहर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्