रोटरी क्लब अफ जावलाखेल मन्जुश्री को १५ औं Installation लगनखेलमा सम्पन्न
सुबोध गौतम | रोटरी क्लब अफ जावलाखेल मन्जुश्री को १५ औं Installation एकेडमी अफ कुलिनरी आर्ट लगनखेलमा सम्पन्न भएको छ | डिस्ट्रिक गभर्नर रोटरीयन श्री जितेन्द्र राजभण्डारी ज्यूको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा वर्ष २०२२/२३ इ.स. का लागि रोटरीयन श्री गौरव बाँस्कोटाको अध्यक्षतामा नंया बोर्ड को सपथ ग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न भयो |
उक्त कार्यक्रममा रोटरी क्लब अफ जावलाखेल मंजुश्रीका अधिकांश सदस्यहरुको उपस्थित साथै, डिस्ट्रिक्ट -३२९२ का वरिष्ठ एवंम् पुर्व डिस्ट्रिक्ट गभर्नरहरु रोटरीयन श्री योगेन्द्रमान प्राधान, दिलेन्द्र राज श्रेष्ठ र संजय गिरी का साथै डिस्ट्रिक्ट गभर्नर इलेक्ट राजेन्द्र प्रसाद धोजु, डिस्ट्रिक्ट गभर्नर नोमिनी राजेन्द्र मान शेरचन ज्यू हरुको उपस्थित रहेको थियो |
कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट गभर्नर रोटरीयन जितेन्द्र राजभण्डारीले रोटरी क्लब अफ जावलाखेल मन्जुश्री रोटरी डिस्ट्रिक्ट -३२९२ को एउटा गतिशील उर्जावान र क्षमतावान क्लब भएको र यसलाई मेरो तर्फ बाट हर सम्भव सहयोग र साथ रहने छ भन्दै नंया टिमलाई हार्दिक बधाई तथा शुभकामना दिनु भयो र साथै अन्य उपस्थित बरिष्ठ पदाधिकारीहरुले शुभकामना एवंम् बधाई दिनु भयो |
रोटरी क्लब अफ जावलाखेल मन्जुश्रीका अध्यक्ष रोटरीयन श्री गौरव बाँस्कोटाले आगामी दिनहरुमा ट्राफिक अवरनेस, कोभिड अवरनेस, रक्तदान, हेल्थ क्याम, अपांगहरुको संघ संस्थाहरु सगं मिलेर काम गर्ने, रोटरी क्लब तिलोत्तमा संग मिलेर अटिजम भएका बच्चाहरुको क्षेत्रमा काम गर्ने, गोरखा र तनहुँ जिल्लाका सरकारी स्कूलहरुमा स्टेसनरी, Mathematics kits वितरण गर्ने, सप्तरी जिल्लामा दलित समुदायमा सामुदायिक हल, शौचालय बनाउने र भोकेशनल तथा स्किल तालिम संचालन गर्ने बताउनु भयो |

क्याटेगोरी : समाचार
ट्याग : #hot, #रोटरी क्लब अफ जावलाखेल मन्जुश्री
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्