Techie IT
सोमबार, चैत्र १०,२०८१

बुटवलमा सडक खाना महोत्सव शुरु


होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ रुपन्देहीको प्रथम बुटवल सडक खाना महोत्सव आजदेखि शुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने सो महोत्सवमा इण्डियन, चाइनिज, इटालियन, जापनिज, थाई खानाका साथै स्थानीय थारु, मगर, गुरुङ्ग, थकाली समदायका खानासमेतको ४० कक्ष छन् । सो अवसरमा प्रदेश नं ५ का वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री लीला गिरीले बुटवलको महोत्सवस्थललाई होटल तथा रेष्टुरेण्ट क्षेत्रको रुपमा र स्थानीय अमरपथलाई व्यावसायिक क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

बुटवल उप महानगरपालिका–९ र ११ अन्तर्गत पर्ने स्थानीय तीनकुनेदेखि जागरण चोकसम्म महोत्सव सञ्चालन भएको छ । महोत्सव अवधिभर बुटवलका होटल तथा रेष्टुरेण्टले आवासमा २० प्रतिशत र खानामा १० प्रतिशत छुटसमेत दिने भएका छन् । यस क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि पनि महोत्सव फलदायी हुने सङ्घका जिल्ला अध्यक्ष समुन्द्र जीसीले बताउनुभयो । बुटवलका एक हजार ३०० होटेल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घमा आवद्ध छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #सडक खाना महोत्सव


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:01 am6:18 pm +0545