राजदूतहरुले लिए नेपालमा उत्पादित चियाको स्वाद, आर्थिक कुटनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता

काठमाडौं । विभिन्न देशका लागि नेपाल सरकारबाट नवनियुक्त नेपाली राजदुतहरु टि टेष्टिङ् कार्यक्रममा सहभागी हुँदै आर्थिक कुटनीतिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । हिमालयन अर्थोडक्स टि प्रोडुसर्स एशोसियसन ९हट्पा० नेपाल र हिमालयन टि प्रोड्युसर्स कोअपरेटिभ ९हिमकोप० द्वारा शुक्रबार आयोजित टि टेष्टिङ् कार्यक्रममा सहभागी भई बहराईनका लागि नेपाली राजदुत तिर्थराज वाग्ले, बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारी, इजिप्टका लागि नेपाली राजदुत शुसिल कुमार लम्साल, म्यानमारका लागि नेपाली राजदुत हरिसचन्द्र घिमिरे, डेनमार्कका लागि नेपाली राजदुत रामस्वार्थ राय, रसियाका लागि नेपाली राजदुत मिलनराज तुलाधर, साउदी अरेबियाका लागि नेपाली राजदुत नवराज सुवेदी र अष्ट्रियाका लागि नेपाली राजदुत भरत कुमार रेग्मीले नेपालमा उत्पादित विभिन्न चियाहरुको स्वाद लिएका हुन् । उक्त टि टेष्टिङ्मा तारा बाँस्कोटा र भुषण सुब्बाले राजदुतहरुलाई सहजिकरण गर्नुभएको थियो । सो अवसरमा उनीहरुले चियाको स्वाद लिदै चियाको स्टल समेतको अवलोकन गरे ।
त्यसघि एक औपचारिक छलफल तथा अन्तरकृया कार्यक्रमको आयोजना गरि नेपालमा उत्पादित चियाको बारेमा नवनियुक्त राजदुतहरुलाई जानकारी दिलाईएको थियो । महामहिम राजदुतहरुले आफु राजदुत भएर गएको देशमा चियाको माग र खपतको अवस्था, बजार संभाव्यता बारे खोजी गर्ने, चियालाई उपहारको रुपमा दिने, डिस्प्ले तथा बजार प्रबर्धनका लागि भिडियो सामाग्री सहित डिजिटल माध्यमको समेत प्रयोग गर्ने, विगतको निर्यात अवस्था र सहजता९जटिलता, नीतिगत र व्यापारिक सम्बन्ध आदी बिषय बारे थप जानकारी लिदै आवश्यक पहलकदमी चाल्ने जस्ता सन्दर्भ उल्लेख गरे । अन्तरकृयामा भाग लिदै राजदुतहरुले आर्थिक कुटनीतिलाई प्राथमिकता दिदै नेपालका उत्पादनलाई विश्व सामु चिनाउन तथा तततत् देशमा पुगेर नेपाली चिया लगायतका उत्पादनको प्रबर्धनमा आआफनो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
छलफल तथा अन्तर्कृया कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्नुहुँदै सहकारी अभियन्ता समेत रहेका हट्पाका अध्यक्ष, पूर्व राज्यमन्त्री दिपक प्रकाश बाँस्कोटाले नेपालको वातावरण र भुवनोट चिया उत्पादनका लागि उपर्युक्त रहेको प्रसङ् उल्लेख गदै औषधीको गुण भएको ग्रिन टि लाई विश्वमा पहिचान दिलाउन आफु चार दशक अघि देखी अनवरत लागि परेको र सरकारी निकायहरुलाई जति झक्झकाउदा पनि नीतिगत सुधार, सुविधाजनक व्यवस्था र निर्यातमैत्री वातावरण तयार हुने अवस्था नरहेको जनाए। साथै, उनले नेपालमा उत्पादित भई विश्वमा राम्रो खपत हुने वस्तु मध्ये सबैभन्दा संभावना बोकेको चियालाई प्रबर्धन गर्न विदेश स्थित नियोगको आर्थिक कुटनीतिको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै देश विकासको मेरुदण्डलाई रेखदेख गर्नुपर्ने खाँचो समेत औल्याए।
त्यसो त कार्यक्रम माझ उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयका सहसचिव गोविन्द कार्कीले विगतमा आफुले महावाणिज्यदुत भएर गरेका कार्यको अनुभव सुनाउउँदै विदेशी नियोगले परराष्ट्र मन्त्रालयमा मासिक प्रगती विवरण पठाउनुपर्ने प्रणाली बसालिनु सुखद पक्ष रहेको औल्याउदै वाणिज्यसँग सरोकारित बिषयको हकमा उसैगरि प्रत्यक्ष वाणिज्य मन्त्रालयमा विवरण पठाउने हो भने त्यसले चिया लगायतका वस्तुको निकासी व्यापारमा थप टेवा पुग्न जाने उल्लेख गरे ।
त्यसैगरि, कार्यक्रमलाई संबोधन गर्दै व्यापार तथा निकासी प्रबर्धन बोर्डका कार्यकारी निर्देशक डा शरद बिक्रम राणाले बोर्डको आधिकारिक वेबसाईटमा नेपालबाट विदेश निर्यात हुने वस्तुको बिषयमा डिजिटल माध्यमबाट खोजेको बेलामा आवश्यक सुचना लिन मिल्ने साथै व्यवसायी स्वयंले आफ्नो फर्मको विवरण राख्न मिल्ने गरि विकास गरिएकाले विदेश स्थित कुटनीतिक नियोगले कुन वस्तुको अवस्था के छ भनेर सहजै बुझ्न सक्ने जानकारी गराए ।कार्यक्रममा कफि तथा चिया विकास बोर्डका कार्यकारी निर्देशक डा बिष्णु प्रसाद भट्टराईले चिया खेती देशका सातै प्रदेशमा हँुदै आएको बारे जानकारी दिदै अनुसन्धानहरुले पनि नेपालको चिया गुणस्तरमा कुनै कमी नरहेको चियाको निर्यात बढाउन थप प्रबर्धनात्मक पहल आवश्यक रहेको औल्याएका थिए।
कार्यक्रममा हिमकोपका अध्यक्ष उदय चापागाईले नेपालमा उत्पादित चियाको इतिहास बारे प्रकाश पार्दै चिया निर्यात विश्वका अन्य प्राय ठुला बजार भएका मुलुकहरुमा हुँदै आएता पनि मध्य पुर्व, चीन र पाकिस्तानमा पनि बिस्तार गर्न सकिने उल्लेख गरे।
त्यसैगरि, हट्पाकी आशा भण्डारीले चियाको उत्पादन र निर्यातसँग सम्बन्धित रहेर प्रस्तुती दिदै नेपालमा विभिन्न किसिमका चियाको उत्पादन हुँदै आएको तथा सोको कुल उत्पादन, निर्यातको अवस्था, विश्व बजारमा नेपालको चियाले पाएको सम्मान तथा अवार्ड आदी बारे प्रकाश पारिन्। त्यसैगरि, राजदुतहरुलाई नेपाली चियाको उत्पादन प्रकृया बारे जान्न सहज होस् भन्ने हेतु कंचनजंगा टि स्टेट एण्ड रिसर्च सेण्टरका लागि सरोज ओझाको निर्देशनमा निर्मित अंग्रेजी भाषाको विश्वस्तरिय भिडियो बृत्तचित्र समेत देखाईएको थियो भने कार्यक्रमको संयोजन समेत गर्नुभएकी प्रस्तोता शान्ता बाँस्कोटा कोईरालाले नेपालमा पाइने चिया विश्वमै उत्कृष्ट रहेको बारे प्रकाश पार्नुहुँदै अर्गानिक चियाको प्रमाणिकरण, बजारीकरण जस्ता सवाल साथै निर्यातमा देखिदै आएका समस्या र चुनौती बारे जानकारी दिईन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्