पूर्वमेयर विद्यासुन्दर शाक्यद्धारा कृष्ण मन्दिरको शिलान्यास

काठमाडौं । सांस्कृतिक सम्पदाले भरिपूर्ण जैशिदेवलस्थित श्रीकृष्ण मन्दिरको पुनः निमार्णका लागि शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यद्धारा सोमबार उक्त मन्दिरको शिलान्यास गर्नुभएको हो ।
सम्पदाको दृष्टिकोणले महत्वपूर्ण मानिएको श्रीकृष्णको मन्दिर भूकम्पका कारण जीर्ण अवस्थामा थियो । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिन लागिएको मन्दिरमा ५३ लाख ३० हजार दुई सय ४६ रुपैयाँ २१ पैसा लागत इष्टिमेट रहेको छ ।
मन्दिर निर्माणमा काठमाडौं महानगरपालिकाबाट ५० लाख ६३ हजार सात सय ३३ रुपैया ९० पैसा अनुदान स्वरुप प्राप्त हुने र बाँकि दुई लाख ६६ हजार पाँच सय १२ रुपैयाँ ३१ पैसाका लागि जनसहभागिता जुटाइने बताईएको छ ।
मन्दिरको लागि पाँच हजार भन्दा बढी आर्थिक सहयोग गर्नेको नाम शिलापत्रमा राखिने उपभोक्ता समितिले जनाएको छ । शिलान्यास कार्यक्रममा काठमाडौं महानगरपालिका २१ वडाका अध्यक्ष उदय चुडामणि बज्राचार्य, जैशीदेवल यूथ क्लबका अध्यक्ष राजेश प्रजापति लगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विद्यासुन्दर शाक्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्