पूर्वमेयर विद्यासुन्दर शाक्यद्धारा कृष्ण मन्दिरको शिलान्यास
काठमाडौं । सांस्कृतिक सम्पदाले भरिपूर्ण जैशिदेवलस्थित श्रीकृष्ण मन्दिरको पुनः निमार्णका लागि शिलान्यास गरिएको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यद्धारा सोमबार उक्त मन्दिरको शिलान्यास गर्नुभएको हो ।
सम्पदाको दृष्टिकोणले महत्वपूर्ण मानिएको श्रीकृष्णको मन्दिर भूकम्पका कारण जीर्ण अवस्थामा थियो । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिन लागिएको मन्दिरमा ५३ लाख ३० हजार दुई सय ४६ रुपैयाँ २१ पैसा लागत इष्टिमेट रहेको छ ।
मन्दिर निर्माणमा काठमाडौं महानगरपालिकाबाट ५० लाख ६३ हजार सात सय ३३ रुपैया ९० पैसा अनुदान स्वरुप प्राप्त हुने र बाँकि दुई लाख ६६ हजार पाँच सय १२ रुपैयाँ ३१ पैसाका लागि जनसहभागिता जुटाइने बताईएको छ ।
मन्दिरको लागि पाँच हजार भन्दा बढी आर्थिक सहयोग गर्नेको नाम शिलापत्रमा राखिने उपभोक्ता समितिले जनाएको छ । शिलान्यास कार्यक्रममा काठमाडौं महानगरपालिका २१ वडाका अध्यक्ष उदय चुडामणि बज्राचार्य, जैशीदेवल यूथ क्लबका अध्यक्ष राजेश प्रजापति लगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #विद्यासुन्दर शाक्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्