Techie IT
सोमबार, वैशाख २९,२०८२

गुडिरहेको बस र स्कुटरमा रुख ढलेर थिच्दा तीनजनाको मृत्यु


काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–१, सल्लाघारीमा गुडिरहेको बस र स्कुटरमा रुख ढलेर थिच्दा तीनजनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाका एआईजी रवीन्द्र धानुकका अनुसार बसमा सवार दुई र स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो ।

आइतबार काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा२ ख ३५८४ नम्बरको यात्रीवाहक बस र बा६१च नम्बरको स्कुटीमाथि सल्लाको रुख ढलेको थियो ।

घाइतेहरूको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #ख ढलेर थिच्दा तीनजनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:14 am6:45 pm +0545