४८ वर्षपछि २८ परिवारलाई लालपुर्जा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको ओख्रे र तुंखा गाउँका २८ घर परिवारले ४८ वर्षपछि लालपूर्जा पाएका छन् । वि.स. २०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरू लालपूर्जा पाउनबाट वञ्चित भएका थिए । ४८ वर्षपछि आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपत्र पाएपछि २८ परिवार निकै खुसी भएका छन् । पिता पुर्खाका पालादेखि भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा बल्ल हात परेको साँगुरीगढी गाउँपालिका ५ तुंखाका छत्र याखाले बताउनु भयो । उहाँले आफू जन्मनुभन्दा पहिले नै नापी गर्दा गाउँ ब्लक भनेर छोडेको र आफूहरूले नै उपभोग गर्दै आएको जग्गा आफ्नो स्वामित्वमा आउँदा खुसीको सीमा नै नरहेको बताउनु भयो।
विगतमा आफ्ना नाममा जग्गा नहुँदा स्थानीयलाई समस्या हुने गरेको थियो। नापी कार्यालयद्वारा डाँडाबजारमा लालपुर्जा वितरण गरिएको हो। पहिले नै जमिनको स्वामित्व जग्गाधनीको नाममा हुनुपर्नेमा बल्ल आफ्नो नाममा हात पर्दा निकै खुसी लागेको अर्का स्थानीय बलिकुमार याखाले बताउनु भयो। आफू ५२ वर्षको हुँदा बल्ल धनीपुर्जा पाएको उहाँले बताउनु भयो। बसोबास गरिरहेको तर, के हुने हो भन्ने अन्योल रहेकोमा अहिले लालपुर्जा पाउँदा ढुक्क भएको उहाँले बताउनु भयो।
लालपुर्जा वितरणसँगै स्थानीयले सम्पत्तिसम्बन्धी अधिकार प्राप्त गरेका छन्। २०२१ सालदेखि जग्गा हदबन्दी कायम गरिएसँगै नापजाँच कार्य सुरु गरिएको र २०३२ सालमा नाप नक्सा सुरु गरिए पनि सिङ्गो बस्तीलाई नै गाउँ ब्लकको क्षेत्र कायम गरिँदा लालपुर्जा नपाएर स्थानीयलाई समस्या भएको थियो ।
लालपुर्जाविहीन भएको पाइएपछि २०७७ देखि पुनः नाप नक्सा गरेर गाउँ ब्लकको नाममा सीमित जग्गा व्यक्तिगत रुपमा बनाइएको नापी कार्यालयका प्रमुख मिथिलेश यादवले बताउनु भयो। यादवले गाउँ ब्लक भनेर लेखिएको जग्गालाई पुन नाप नक्सा गरी पुर्जा वितरण गर्ने भनेर नापी विभागबाट निर्देशन भएपछि लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो। धनकुटा जिल्लामा २ वटा गाउँपालिकामा गाउँ ब्लकको रुपमा रहेको यादवले बताउनु भयो। उहाँले साँगुरीगढी गाउँपालिका र चौबिसे गाउँपालिकामा गाउँ ब्लकको जग्गा रहेको बताउनु भयो। यादवका अनुसार साँगुरीगढीको लालपुर्जा वितरण सकिएको र चौबिसे गाउँपालिकाको मुढेबासको पनि नाप नक्सा सकिएर पुर्जा तयारी रहेका छन्। उहाँले चौबिसे गाउँपालिकाको मुढेवासमा ५५ घरपरिवार रहेको जनाउनु भयो। उनीहरूलाई पनि लालपुर्जा वितरणको तयारी भइरहेको नापी कार्यालय धनकुटाले जनाएको छ।
साँगुरीगढी गाउँपालिका ५ डाँडाबजारमा भएको लालपुर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सम्पत्तिको अधिकार प्राप्त गरेकोमा सबैलाई बधाई दिनुभयो। उहाँले सरकार नागरिकको अधिकारका लागि प्रतिबद्ध रहेको पनि बताउनु भयो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #साँगुरीगढी गाउँपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्